मुक्कुमलुङ घटनामा घाइतेको उपचार सरकारले गर्ने


सेवारो खबर  173 पटक हेरिएको

इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा भएको घटनामा घाइतेको उपचार सरकारले गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको गृह मन्त्रालयको सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाइएको छ ।

घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको वार्तामा सहभागी सांसदले बताएका छन् । घटनाबारे भोलि (बुधबार) संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग समेत छलफल गर्ने बताइएको छ ।

छलफलमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद योगेश भट्टराई र उर्मिला थेबे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।

छलफलमा प्रहरी महानिरीक्षक कुँवरले घटनाको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेको जनाइएको छ ।

‘नो केबुलकार समूह’ र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलीले सगुन लावतीको छातीमा, याम लिम्बुको तिग्रामा र मर्धान पालुङवाको दाहिने कुममा साथै मङ्गल लावतीको टाउकोमा चोट लागेको छ । उनिहरुको काठमाण्डौमा उपचार भइरहेको छ ।

घटनामा दिपेश मादेन लगायत ५५ जना नागरिकहरु घाइते भएको बताइएको छ ।

मुक्कुमलुङमा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । प्रहरीले धरपकड गरेको चन्द्र सागर लिम्बु, लक्षमण लिम्बु लगायतलाई बिना शर्त तुरुन्त रिहाइ गर्न माग छ ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार