
फिक्कल: शरण सम्बाहाङफेलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ सुर्योदय नगरपालिकाको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ ।
अधिवेसनले उपाध्यक्ष प्रर्वत याक्सो सचिव प्रबिन तुम्रोक सहसचिवअरुण थेबे र कोषाध्यक्षमा कमला चेम्जोङलाई छानेको छ ।
सदस्यहरुमा उदयहाङ फागो, सोनु इङसम, सुशील थेबे, समीर योङहाङ, देउमान लोक्ताम, डिल्ली थेबे, बिजय कुमार योङहाङ, राजु लोक्ताम लगायत रहेका छन् ।

अधवेसनकै अवसरमा साथै बिमल तुम्रोकको संयोजकत्वमा ३१ सदस्यीय नगरपालिका स्तरीय मुक्कुमलुङ संघर्ष समिती बनाइएको छ ।
अधिवेसन जिल्ला सदस्य राम लिङदमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साथै मुक्कुमलुङ संघर्ष समिती जिल्ला संयोजक योगेन्द्र लावतीको प्रमुख आतिथ्यतामा गठन भएको बताइएको छ ।

232 पटक हेरिएको 














