
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ६ को प्रज्ञा सदनको एजुकेशनल अंग्रेजी विद्यालयमा लागु औषध तथा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।
जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहारी कार्यालय इलाम र विद्यालयको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
सचेतना कार्यक्रममा इलामका प्रमुख सेनानी अनुसन्धान उप-निर्देशक, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक, शिक्षीका र विद्यार्थिहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक एकनारायण कोइरालाले लागु औषध तथा साइबर अपराधको बिषयमा जानकारी गराए ।
कार्यक्रममा नेपाली सेनाद्वारा बिपद व्यवस्थापन सम्बन्धि डेमोस्ट्रेसन प्रदर्शन भएको थियो । सचेतनासँगै सहभागिहरुबाट आएका जिज्ञासाहरुको विषयमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इलाम स्थित नेपाली सेनाका प्रमुख सेनानी र इलाम प्रहरी प्रमुखले सम्बोधन गरेका थिए ।

यस अघि इलाम नगरपालिका वडा नं. १२को सभाहलमा “लैङ्गिक हिंसा तथा मानव बेचबिखन” सम्बन्धि सचेतनामुलक कार्यक्रम भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका उपप्रमुख विष्णु कुमारी दाहाल लिम्बुको प्रमुख आतिथ्यतामा “लैङ्गिक हिंसा तथा मानव बेचबिखन” सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन भएको जनाइएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतीनिधी, शिक्षक, शिक्षिका, वुद्धिजिवी, भद्र भलाद्मी साथै सर्वसाधारण नागरीकहरु समेतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक एक नारायण कोइरालाले “लैङ्गिक हिंसा तथा मानव बेचबिखन” सम्बन्धि जानकारी गराए ।

154 पटक हेरिएको 














