विजेता टिम कनकाई झापा तस्बिर: आन्छुमे नसान
माङसेबुङ: ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कन्काई नगरपालिका झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ–५ को आत्मानन्द रंगशालामा आज(शुक्रबार) भएको उद्घाटन खेलमा माङसेबुङलाई ७–० को अन्तरले कन्काई सेमिफाइनलमा प्रवेश गरेको हो ।
कनकाईको जीतमा समिक्षा मगरले ह्याट्रिक गरिन् । समिक्षा एक्लैले ५ गोल गर्दा सिम्रन राई र पुर्णिमा राईले समान एक गोल गरे ।
खेल सुरु भएको पहिलो मिनेटमानै गोल गरेको कनकाईले लागातार गोल गर्दै पहिलो हाफमा गोल संख्या ५ पुर्यायो ।
दोस्रो हाफमा थप आक्रमक भएर मैदान प्रवेश गरेको कनकाईले थप ३ गोल गर्दै अन्तिम चारमा स्थान सुनिश्चित गरे ।
खेलको प्लेयर अफ द म्याच कनकाई कै समिक्षा मगर घोषित भईन् । उनले नगद ५ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चाल भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता अन्तरगत भोलि शनिबार दिपेन्द्र शिखर स्पोर्टस क्लब इलाम र मिक्लाजुङ फुटबल क्लब पान्थरविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवर्धनमा गर्न गरिएको प्रतियोगिता प्रदेश १ को महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको गोल्ड कपको रुपमा रहेको अध्यक्ष आङबुहाङले बताए ।
प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी छन् ।
उपविजेता टिम माङ्सेबुङ इलाम
आयोजक समितिका सचिव सरिता राई अनुसार प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, मिक्लाजुङ फुटबल क्लब पान्थर, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ, कन्काई नगरपालिका, झापा, दिपेन्द्र सिखर स्पोर्टस क्लब इलाम र पाहुना टोलीका रुपमा भारतको दिव्यशक्ति धोत्रे, दर्जिलिङको सहभागीता रहेको छ ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।
खेल अवधिमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने बताइएको छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँते÷तेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

172 पटक हेरिएको 














