‘सरकार सहमति कार्यान्वयन गरेर वार्ताका लागि इमान्दार हुनुपर्छ’


याम माबोहाङ लिम्बू  193 पटक हेरिएको

इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समूह’ले सरकारलाई इमान्दार भएर सहमति कार्यान्वय गर्न सचेत गराएका छन् ।

उनिहरुले शुक्रबार विज्ञप्ती जारी गर्दै सरकार सहमति कार्यान्वयन गरेर वार्ताका लागि इमान्दार हुनुपर्ने बताएका छन् ।

विज्ञप्ती मार्फत सरकारले वार्तामा चासो नदेखाई आन्दोलनलाई उपेक्षा गर्ने वा दमनकारी नीति अबलम्बन गर्ने प्रयास गरेमा आउँदो माघ २८ गतेदेखि थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

आन्दोलनरत ‘संस्था र मुक्कुमलुङ संरक्षण अन्तर दलीय संघर्ष समितिले सहमति अनुसार वार्तामा बस्न तयार रहेको स्पष्ट पार्दै आन्दोलनलाई मध्यनजर राखी सरकारले अबिलम्ब मन्त्री स्तरीय वार्ता टोली गठन गरी माघ २७ गते गर्ने भनिएको वार्ताको सुनिश्चित गर्न माग गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

मुक्कुम्लुङ ताङ्सेप चुम्भोका मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति संयोजक खगेन्द्र फेम्बू, किरात याक्थुङ चुम्लुङ संघीय समिति अध्यक्ष तथा प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति संयोजक प्रेम येक्तेन, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह संयोजक नन्द कन्दङवा, किरात धर्म तथा साहित्य उत्थान सङ्घ अध्यक्ष तथा प्रदेश नं १ पुन: नामाङ्न अभियान समिति संयोजक डकेन्द्रसिंह थेगिम, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष गेल्जे शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघ अध्यक्ष ङिमी शेर्पा, याक्थुङ युवा मञ्च अध्यक्ष राजेन्द्र इधिङ्गो, याक्थुङ चो सङजुम्भो संस्थापक सदस्य किरणकुमार सिगु, याक्थुङ मुञ्चइत चोक सयङ अध्यक्ष सागर केरुङ र लिम्बू विद्यार्थी मञ्च महासचिव प्रदिप नेयोङले हस्ताक्षर गरेका छन् ।

मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष संघर्ष समितिका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महत्तो, संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, पहिचानवादी मोर्चा संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावती, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव सञ्जय राई,  जसपा सम्बद्ध किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, प्रदेश नं १ नागरिक उन्मुक्ति पार्टी अध्यक्ष धनबहादुर खाम्दाक, नेपाल जनमुक्ती पार्टी उपाध्यक्ष भक्त खेवाङ, प्रदेश नं १ मंगोलनेशनल अर्गनाइजेसन डिजिजि अध्यक्ष नयन्द्र चाम्लिङ, किरात लिम्बुवा प्रदेश समिति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष गजेन्द्र पालुङवाले हस्ताक्षर गरेको विज्ञप्तीमा वार्तामा भएको सहमतिलाई इमान्दारीका साथ कार्यान्वयन गर्नुपर्मा जोड दएका छन् ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार