
इलाम: नेकपा (माओवादी केन्द्र) इलाम नगरको दोश्रो अधिबेशनबाट श्याम राई (संघर्ष)लाई अध्यक्ष बनाउँदै शनिबार सम्पन्न भएको छ । अधिवेसनले ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षत्रयमा हेम प्रसाद राई, बिबिमाया लिङदम र प्रेम तामाङलाई छानेका छन् ।
सचिवमा कमल दुलाल, सहसचिव डिल्ली सापकोटा र कर्ण कार्की छन् ।
सदस्यहरुमा रुद्र शर्मा (ढुंगाना), प्रज्ञा घिमिरे, कुमार गड्तौला, नर बहादुर राई, नेत्र कुमारी कट्टेल, बुद्दविर लिम्बू सुवास भट्टराई, सुसिल बानिया, अर्जुन कुमार थापा, नारायण प्रसाद चापागाईं, मंगली विस्वकर्मा, कुशमाया राई रहेका छन् ।
अन्य सदस्यहरुमा दिलिप प्रसाद अधिकारी, हर्क बुढाथोकी, डकम बहादुर लिङदम, ओम मुखिया, टंकनाथ आचार्य, इन्दु बराइली, सरिमाया विश्वकर्मा, रेशम नेम्बाङ, पुनम लिम्बु, कृष्ण कुमारी लिम्बु, विशाल राई, ठाकुर अधिकारी, चन्द्रकला तामाङ, चन्द्र थापा र नवल राई रहेका छन् ।
एक जना सदस्य पहिलो बैठकबाट मनोनित गरिनेछ । दोस्रो अधिवेशन आयोजक समितिका संयोजक श्याम राई (संघर्ष) को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम इलाम इन्चार्ज धिरेन्द्र शर्मा (रमण) को प्रमुख आतिथ्यता, प्रदेश सचिवालय सदस्य एवम इलाम सहइन्चार्ज सोममाया राई (सिन्धु) र इलाम जिल्ला संयोजक तेजबहादुर राई ( बिजय) को विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य धिरेन्द्र शर्मा, प्रदेश सचिवालय सदस्य सोममाया राई, जिल्ला संयोजक तेज बहादुर राई, जिल्ला सचिव शान्ता बस्नेत सर्कल, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य प्रकाश परियार, माओवादी केन्द्र इलाम नगर उपाध्यक्ष विक्रम फियाक लिम्बु, एकिकृत अखिल नेपाल शिक्षक संगठन इलाम अध्यक्ष उमाकान्त भट्टराई, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति सहिसचिव राजेन्द्र थलङ, रिटर्नी सेन्टर नेपाल केन्द्रीय सचिव राम सञ्जेल, पार्टीका प्रदेश सल्लहकार प्रेमनाछिरिङ राई, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य एवम प्रेस सेन्टर नेपाल इलाम पूर्व अध्यक्ष बुद्धमाया सोङ्मी, प्रेस सेन्टर नेपाल इलाम अध्यक्ष नमीन ढकालले शुभकामना मन्तव्य राखेका थिए ।
बिबिमाया लिङ्दमले स्वागत गरेको कार्यक्रममा इलाम नगर इन्चार्ज एवम प्रदेश सदस्य छविलाल आचार्य (प्रवाश) ले संचालन गरेका थिए ।
कार्यक्रममा ५० जना तत्कालिन पार्टीका गाउँ सरकार प्रमुख, माओवादी केन्द्रबाट निर्वाचित इलाम नगरपालिकाका जनप्रतिनिधि, पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारी, पार्टीमा योगदान गर्ने विभिन्न संघ संगठनका प्रमुख एवम प्रतिनिधिलाई सम्मान प्रदानएवम कदरपत्र प्रदान गरिएको थियो ।

332 पटक हेरिएको 














