
इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समूह’ले सरकार निर्णायक वार्ताका लागि इमान्दार नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
उनिहरुले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको आधारभूत आधारसम्म नबनाई सरकारमा केबलकार बनाई छाड्ने मनसाय देखिएकोले थप आन्दोलनको घोषणा गर्नु परेको जनाएका छन् ।
‘उच्च स्तरीय वार्ता समिति नबनाई अलमल्याउँने, थकाउने र लोकतान्त्रिक मूल्य मान्तयताको धज्जी उडाएर जसरी पनि केबलकार बनाउँने मनसाय देखिएकोले सडकमा जान बाध्य भएका छौं’ विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा गएको माघ २२ गते सरकारी वार्ता टोली र आन्दलरत पक्षको वार्ता सहजिकरण समितिसँग भएको सहतिम कार्यान्वयन नगरी केबलकार निर्माण कार्य नरोकिएको, आन्दोलनकारीलाई बिना शर्त रिहाई गर्नुको साटो धरौटीमा रिहाई गरेको जनाइएको छ ।
मुक्कुमलुङ संरक्षणका लागि थप संघर्षका कार्यक्रमहरू ७ बुँदामा सार्वजनिक गरेका छन् । आन्दोनलहरुमा मिति २०८१ माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंक सहित आइएमइ समूह १ नं. प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने । २०८१ फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ । केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ । केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने । काठमाडौं, इटहरी र विर्तामाडमा केबलकार बिरोध सभा गर्ने । केबलकार खारेजीका लागि १ नं. प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई बिरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दुतावासबाट विरोधपत्र पठाउने । र अनिश्चितकालिन यातायात बन्द र आमहडताल गर्ने रहेका छन् ।
यस अघि आन्दोलनरत ‘संस्था र मुक्कुमलुङ संरक्षण अन्तर दलीय संघर्ष समितिले सहमति अनुसार वार्तामा बस्न तयार रहेको स्पष्ट पार्दै आन्दोलनलाई मध्यनजर राखी सरकारले अबिलम्ब मन्त्री स्तरीय वार्ता टोली गठन गर्न माग गर्दै आएको थियो । तर यस्तो वार्ता टोली नबनाई माघ २८ मा वार्ता सहजिकरण समितिसँग भेट गरी सरकारले बनाएको वार्ता समिति नै आधिकारिक भएको भन्दै केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
मुक्कुम्लुङ ताङ्सेप चुम्भोका मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति संयोजक खगेन्द्र फेम्बू, किरात याक्थुङ चुम्लुङ संघीय समिति अध्यक्ष तथा प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति संयोजक प्रेम येक्तेन, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह संयोजक नन्द कन्दङवा, किरात धर्म तथा साहित्य उत्थान सङ्घ अध्यक्ष तथा प्रदेश नं १ पुन: नामाङ्न अभियान समिति संयोजक डकेन्द्रसिंह थेगिम, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष गेल्जे शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघ अध्यक्ष ङिमी शेर्पा, याक्थुङ युवा मञ्च अध्यक्ष राजेन्द्र इधिङ्गो, याक्थुङ चो सङजुम्भो संस्थापक सदस्य किरणकुमार सिगु, याक्थुङ मुञ्चइत चोक सयङ अध्यक्ष सागर केरुङ र लिम्बू विद्यार्थी मञ्च महासचिव प्रदिप नेयोङले हस्ताक्षर गरेका छन् ।
मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष संघर्ष समितिका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महत्तो, संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, पहिचानवादी मोर्चा संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावती, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव सञ्जय राई, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, प्रदेश नं १ नागरिक उन्मुक्ति पार्टी अध्यक्ष धनबहादुर खाम्दाक, नेपाल जनमुक्ती पार्टी उपाध्यक्ष भक्त खेवाङ, प्रदेश नं १ मंगोलनेशनल अर्गनाइजेसन डिजिजि अध्यक्ष नयन्द्र चाम्लिङ, किरात लिम्बुवा प्रदेश समिति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष गजेन्द्र पालुङवाले हस्ताक्षर गरेको विज्ञप्तीमा छ ।
विज्ञप्ती:



326 पटक हेरिएको 














