
माई: न्यायिक समिति सञ्जालले इलामका २४ जना मेलमिलाकर्तालाई बुधबार सम्मान गरेको छ ।
सञ्जालले माई नगरपालिकामा गरेको मेलमिलापकर्ताको भूमिका सम्बन्धि अन्तरक्रियासँगै मेलमिलापकर्तालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा इलाम नगरपालिकाका मनराज जबेगु र श्रीबहादुर शिवा, देउमाई नगरपालिकाका टिका श्रेष्ठ र पुर्ण चन्द्र श्रेष्ठ, सुर्योदयका जीतबहादुर गद्दाल र मिलन क्षेत्री, माई नगरपालिकाका अटल राई, शिव भण्डारि, यसोधा देवि गिरी, धुर्व श्रेष्ठ, राजेन्द्र धमला र आरति राई रहेका छन् ।
माईजोगमाई गाँउपालिका यामबहादुर विश्वकर्मा र टेकबहादुर राई सन्दकपुरका तुलसा गिरी र हरि कृष्ण खतिवडा, फाकफोकथुमका छत्रबहादुर बराईली र तेज प्रसाद सुवेदी, चुलाचुलि गाउँपालिकाबाट राम प्रसाद दाहाल र डिल्लि चापागाई, माङ्सेबुङ गाँउपालिकका तिलकबहादुर कार्की र रामचन्द्र राई, रोङ गाउपालिकाका बुद्दि ढकाल सम्मानित भएको जनाइएको छ ।
माई नगरपालिकाका उपप्रमुख तथा सञ्जालकी संयोजक हिमा भन्डारिको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार मञ्च नेपाल इलामले सहजिकण गरेको थियो ।
न्यायिक समितिको काममा एक रुपता ल्याउँन इलाममा न्यायिक समिति सञ्जालको निर्माण भएको छ । सञ्जालले पालिकाले कसरी काम गरिरहेको छ भन्ने विषयमा संवाद चलाउँदै त्यहाँबाट सिक्ने उद्देश्यले सञ्जालको निर्माण गरेको बताइएको छ ।

146 पटक हेरिएको 














