पवित्रहाङमा गोल्ड कप: दिपेन्द्र शिखर फुटबल क्लब इलाम फाइनलमा प्रवेश


आन्छुमे नसान  238 पटक हेरिएको

माङ्सेबुङ: ‘पवित्रहाङमा गोल्ड कप २०८१’ मा रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै उापाधि भिडन्तमा कनकाई झापासँग भेट पक्का गर्यो ।

इलाम माङसेबुङको आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रो सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो ।

टाईब्रेकरमा इलामका सजिना कोइराला, रेविका पाण्डे, सोस्तिमा विक, शिमा घले र आशिका राईले गोल गरे । यसैगरी दमकका मनिषा चौधरी, अविका लावती, रेजिता मगर र कमला श्रेष्ठले गोल गरिन् भने विपासा धिमालको प्रहार इलामका गोल रक्षक भरना नगरकोटीले विफल पारिन ।

खेलको प्लेयर अफ द म्याच रोयल स्पोर्टिङ क्लव दमक झापाका कमला श्रेष्ठ घोषित भईन । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।

खेल निर्धारित समयमा एक–एक गोलको बराबरीमा सकिएपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने ५६औं भिनेटमा आसिका कार्कीको गोलमा रोयल दमकले सुरुवाती अग्रता लियो । तर ६५औं मिनेटमा सजिना कोइरालाले फ्रिकिक्बाट गोल गर्दै खेललाई बराबरीमा धकेलिन् ।

फाइनल खेल भने फागुन २ गते हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार