डम्बरदेवी माविको ६८ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रम सम्पन्न


सरिता राई  206 पटक हेरिएको

चमैता: देउमाई नगरपालिका १ चमैताको श्री डम्बरदेवी माध्यमिक विद्यालयले विहिबार विभिन्न कार्यक्रम गर्दै ६८ औं वार्षिक उत्सव मनाएको छ ।

बिद्यालयले अन्तर बिद्यालय खेलकुद, हाजिरी जवाफ,  नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले प्राथमिक तह अन्तर्गत तातो आलु खेलमा डम्बरदेबि बिशिका मगर पहिलो, गृष्मा मगर दोस्रो  र प्रनिश बस्नेत तृतिय भएको जनाइएको छ ।

आधारभूत तहको  एक सय मिटर दौडमा जनता आधारभुत विद्यालयल खान्द्रुङका शायल राई चमैता अङ्ग्रेजि आधारभुत विद्यालयका मौषम बस्नेत दोस्रो र कन्चनजङ्घा आधारभुत विद्यालयका हेमन्त राई तृतीय भए ।

माध्यमिक तहको चम्चा दौढमा डम्बरदेबि माविकी अङ्किता बस्नेत प्रथम जनता आधारभुत विद्यालयल खान्द्रुङकी अनुश्का पौडेल र सिद्ध देउमाई आधारभुत विद्यालयका पेमछिकि शेर्पाले तृतीय हात पारे ।

हाजिरिजवाफ अन्तर्गत जनता आधारभुत विद्यालयका खान्द्रुङ प्रथम चमैता अङ्ग्रेजी प्रतिष्ठान दोस्रो र डम्बरदेबि माविले तृतीय पुरस्कार प्राप्त गरेका थिए ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष गँगा प्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रममा नगर प्रमुख सूर्यप्रासद पोखरेल, वडाध्यक्ष, जेष्ठ नागरिक, क्षिक्षक लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार