ताप्लेजुङको फुङलिङमा शनिबार राती भएको घटनाको छानबिन गर्न माग


सेवारो खबर  186 पटक हेरिएको

इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा नो केबुलकार समूहले ताप्लेजुङको फुङलिङमा शनिबार राती भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

२३ विभिन्न संघ संगठनले घटनाको उच्चस्तरीय छानबिन र केवलकार खारेजीको जोडदार माग गरेको छ ।

१२ संघसंस्था र ९ वटा अन्तरदलीय पार्टी सम्मिलित समूहले आइतबार विज्ञप्ती जारी गर्दै ६ बुँदे माग पुरा नभए वडासम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तीमा केवलकार पक्षीय पदयात्रीलाई प्रहरी प्रशासन राज्यले गरेको क्रुर जंगली आततायी अमानवीय दमनको घोर भत्सर्ना गर्दै घाइतेको उपचार, पक्राउ परेका व्यक्तिहरुको रिहाई, बेपत्ताहरुको खोजी गर्न उच्चस्तरीय छानबिन समितिको माग छ । यस्तै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा र डीएसपी रबि रावललाई तत्काल कारबाही गर्न समेत माग गरेका छन् । यसका साथै कर्फ्यु तत्काल हटाएर केवलकार निर्माण योजना खारेज भएको घोषणा गर्दै घटनाका बेपत्ताहरुको सार्बजनिक गर्नुपर्ने उल्लेख छ ।

समूहको माग सम्बोधन नभए फाल्गुन ११ गते देखि प्रदेशको १४ वटै जिल्ला, उपत्यकामा बिरोध प्रदर्शन गर्ने जनाएका छन् । पत्रकार सम्मेलन, प्रत्येक पालिका, वडासम्म बिरोध प्रदर्शन अघि बढाउने योजना सार्वजनिक गरेका छन् ।

विज्ञप्तीमा मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति संयोजक श्री प्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ, सङ्घीय अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति संयोजक प्रेम येक्तेन, किरात राई यायोक्खा, केन्द्रीय कार्यसमिति अध्यक्ष जीवन हाताचो राई, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह संयोजक नन्द कन्दङवा, प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम,  नेपाल आदिवासी जनजाति महासङ्घ अध्यक्ष गेल्जे शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ अध्यक्ष ङिमि शेर्पा, याक्थुङ युवा मञ्च अध्यक्ष, राजेन्द्र इघिङ्गो, याक्थुङ चोः सङजुम्भो  संस्थापक सदस्य किरणकुमार सिगु, याक्थुङ मुन्चइत चोक सयङ अध्यक्ष सागर केरुङ, लिम्बू विद्यार्थी मञ्च महासचिव प्रदिप नेयोङ र ९ अन्तर्दलीय राजनीतिक पार्टी राष्ट्रिय मुक्ति पार्टी अध्यक्ष राजेन्द्र महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च –संघीय लिम्बुवान प्रान्तिय मंच अध्यक्ष कुमार लिङ्देन मिराक, पहिचानवादी मोर्चा संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावती, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिव सञ्जय राई, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष धनबहादुर पन्धाक, नेपाल जनमुक्ती पार्टी उपाध्यक्ष भक्त खेवाङ, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन‐डिजिजि  नयन्द्र चाम्लिङ, अध्यक्ष, किरात लिम्बुवान प्रदेश समिति, नेपाल कम्यूनिष्ट पार्टी अध्यक्ष गजेन्द्र पालुङवाले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तीमा यातायात बन्द रहेकोले मुक्कुमलुङ (पाथिभरा)को तल्लो फेदीबाट पदयात्रीहरु हिडेर आउनु पर्दा फुङलिङ बजारमा आइपुग्दा साँझ परेको अवस्था थियो । फुङलिङ बजारमा आइपुगे पछी नो केवलकार पक्षीय पदयात्रीले शान्तिपूर्ण जुलुस गरिरहेको अवस्थामा प्रहरी पक्षले एक्कासी हस्तक्षेप गर्यो पछी परिस्थिति केहि असहज भयो । आन्दोलनको क्रममा तत्काल केहि असामान्य परिस्थिति आउँदा त्यसलाई सबैले मनन नै गर्नु पर्ने हुन्छ, तर जब हात हतियार कानुन हातमा लिएर बसेको प्रहरी प्रसासनले बदला लिने योजना बनाउँछ तब स्थिति भयाबह हुन्छ । फुङलिङमा यहि स्थिती ल्याइयो । जुलुसमा भएको तितर बितर पछी प्रहरी प्रसासनले बदला लिने योजना बनायो । घर घरमा प्रवेश गर्यो । चन्द्र मादेन लगायतको घरमा बसिरहेको नो केवलकार पक्षीय पदयात्रीहरुलाई पहिले अश्रुग्यास प्रहार गर्यो । र निर्मम कुटपिट गर्यो । बाहिर मैदानमा अश्रुग्यास प्रहार गर्नु स्वाभाविकै होला तर रातको समयमा घर भित्र, कोठा कोठामा अश्रुग्यास प्रयोग गरेर मान्छेलाई बेहोश बनाएपछी मरणासन्ना हुनेगरी कुटपिट गरेर पक्राउ गर्नु कहा सम्मको आततायी घटना हो ? विश्वमा शान्ति सेना हुँदै जाने नेपाल प्रहरीको कहाँसम्मको मानव अधिकार उल्लङ्घन हो ? फुङलिङमा रातको ४ बजेसम्म भएको प्रहरी प्रशासनको हदै सम्मको ज्यादती र बदला लिने योजना सहितको दमनले हामी आक्रोशित भएका छौ । नेपाल प्रहरी राज्यको यस अमानविय दमनको घोर भर्त्सना र बिरोध गर्दछौ, भनिएको छ ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार