ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समुह’ले फागुन १० गतेको फुङलिङमा भएको घटनालाई मानवता विरुद्धको अपराध भनेको छ ।
प्रदर्शनमा दोहोर झडपपछि तितरबितर भएका प्रदर्शनकारी होटलमा खाना तथा वासका लागि बसिरहेकालाई खोजीखोजी कुटपीट गर्नु । लछारपछार धरपकड गरी मरणासन्न हुने गरी कुटपीट गरी छाड्नु । घर भित्र बसेकालाई कोठा भित्र टियर ग्यास ल्याँकी यसबाट जोगिन बाहिर निस्कि भाग्नेलाई कुटपीट गर्नु मानवता विरोधी कार्य भएको विज्ञप्तीमा उल्लेख छ ।
प्रदर्शनमा ९ जना घाइते १८ जना पक्राउ परेका छन् विवरण समेत सार्वजनिक गरेको छ ।
घटनामा घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेका १८ जनालाई परिवारसँग समेत सम्पर्क गर्न नदिइएको बताइएको छ । विज्ञप्तीमा प्रहरीले पक्राउ गरेको पदयात्रीको बिवरण सार्वजनिक गर्न माग गरेका छन् ।
‘घटनाको स्वतन्त्र ढंगबाट अध्ययन अनुगमन गर्न मानव अधिकार आयोग लगायत मानव अधिकारवादी संघ संस्थाहरुलाई आग्रह गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।
१३ विभिन्न संस्था र ९ अन्तर राजनीतिक दलका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तीमा गिरफ्तार गरिएकाको रिहाई गर्नुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्ने, केबलकार खारेज दोषीलाई कारबाही, राज्य आतांक बन्द गर्नु पर्ने र मुक्कुमलुङबाट प्रहरी र निर्माण सामग्री फिर्ता हुनुपर्ने माग गरेका छन् ।
विस्तृत बिवरण विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती:






186 पटक हेरिएको 














