
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले समसामयिक बिषयमा बिहिबार सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
नगर महिला समन्वय समिति इलाम, महिला जागरण, आमा समुह लगायतका पदाधिकारीसँग महिला हिंसा, घरेलु हिंसा, लागु औषध नियन्त्रण जस्ता बिषयमा छलफल तथा अन्तरक्रिया भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एक नारायण कोईरालाले सदरमुकाममा रहेका बिभिन्न सोरुम, रिकन्डिसन र ग्यारेजका संचालकहरुसँग समेत समसामयिक बिषयमा अन्तरक्रिया गरेको छ ।
प्रहरी उपरीक्षक कोइरालाले संचालकहरुलाई वहाँले टेष्ट ड्राइभ गर्दा बिना हेलमेट, लाईसेन्स नभएका ब्यक्तिहरुलाई नगराउन हुन अनुरोध गरेको छ ।
व्यवसायीहरुले यस्ता किसिमका भेटघाट कार्यक्रम हाल सम्म नभएको हुँदा यो परिचयात्मक भेटघाट महत्वपुर्ण भएको र बिगतको प्रहरी भन्दा हालको प्रहरी काम कारवाही गर्ने शैली धेरै नै फरक रहेको बताए ।
उनिहरुले बोलाएर गुनासो सुनि दिएकोमा खुसी व्यक्त गदै जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख तथा जिल्ला प्रहरी कार्यालय इलाम परिवारलाई धन्यवाद समेत दिएका छन् ।

183 पटक हेरिएको 














