मोराहाङ: तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिम समापनका अवसरमा गाउँपालिका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमले न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने बताइन् । उनले मेलमिलापका लागि मेलमिलापकर्तालाई थप सीपको जानकारीसँगै उपलब्ध कानुनी विधि तथा प्रकृयाको बारेमा जानकारी दिन आवश्यक भएकाले पुनर्ताजकी तालिम सञ्चालन गरेको जानकारी गराइन् ।
समापन समारोहमा महिला अधिकार मञ्चकी अध्यक्ष भीममाया तामाङ खापुङले सामाजिक न्याय र शान्तिका लागि मेलमिलापले सामुदायमा शान्ति स्थापनामा सहयोग पुगेको बताइन् । उनले विवाद व्यवस्थापनमा सबै नागरिकको पहुँचमा सहयोग पुग्दै गएको अनुभव समेत राखिन् ।
तालिममा सहभागि सुनिता शर्मा गौतमले मेलमिलापकर्ताको सीपलाई दिगो रुपमा कार्यान्वयन गर्न नीतिगत रुपमा व्यवहारमा रुपान्तरण गर्न सरोकारवालाले सहयोग गर्नु पर्ने बताइन् । यस्तै सहभागी कुमार लिम्बुले सीपयुक्त मेलमिलापकर्तालाई स्थानीय सरकारले नीतिगत रुपमा कार्यसम्पादन गर्न सहयोग गर्नुपर्नेमा जोड दिए ।
मावन अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा भएको तालिममा मेलमिलापको चरण, कानुनी, प्रकृया, सञ्चार सीप, विवाद विश्लेषण, मेलमिलापकर्ताको गुण, दायित्वको बारेमा जनकारी गराइएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र राईले जानकारी गराइन् ।
मानव अधिकार मञ्च नेपाल इलामको यामकुमार माबो लिम्बू र सन्तोष मगरले सहजिकरण गरेका तालिममा पालिकाको ६ वटै वडा ३५ बढी मेलमिलापकर्ता सहभागी भएका थिए ।

163 पटक हेरिएको 














