महिला गोल्डकपको उद्घाटन खेल आयोजक र पद्मा स्पोटिङ्ग क्लब बीच प्रतिस्पर्धा हुँदै


सरिता राई  174 पटक हेरिएको

इलाम: ओएसिस फुटबल क्लब इलामको भोली (शनिबार) शुरु हुने दोस्रो संस्करणको अन्तराष्ट्रीय आमन्त्रीत महिला गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । खेल इलाम बजारको ठुँलो टुँडिखेलमा हुनेछ ।

आउँदो फागुन २४ गने सम्म हुँने गोल्डकपको शनिबारको उद्घाटनका खेल आयोजक टिम र ओखलढुङ्गाको पद्मा स्पोटिङ्ग क्लब बिच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष पुर्ण राईले जानकारी गराए ।

गोल्डकपको खेलमा सहभागी हुन ओखलढुङ्गाको पद्मा स्पोटिङ क्लब इलाम आईसकेको जनाइएको छ । खेलमा सहभागी हुन शनिबार बाग्मती युथ क्लब, मानेभन्ज्याङ्ग फुटबल क्लब र नेपाल पुलिस क्लब आईपुग्ने छन । र आइतबार सम्ममा सबै टिम आईसक्ने छन् ।

खेलमैदानमा शुक्रबार भएको पत्रकार सम्मेलनमा करेन्ट चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपमा नेपाल भारतका गरी ८ टिमले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

गोल्डकपमा भारतको मानेभन्ज्याङ फुटबल क्लब, मदर टेरेसा फुटबल क्लबको सहभागिता रहेको छ ।

नेपालका तर्फबाट आयोजक टिम, नेपालको बाग्मति युथ क्लब, पद्मा स्पोटिङ्ग क्लब, त्रीभुवन आर्मि क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लबको प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

गोल्डकपको विजेताले ४ लाख  लाख नगर उपविजेताले लाख नगद सिहत ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । पुरस्कारका हिसाबले एन्फाको अनुसार क्लबहरुले आयोजना गरेको मध्ये नेपालको पहिलो ठुलो धनराशिको खेल हो । खेलमा विधागत पुरस्कार रहेको बताइएको छ ।

खेल हेर्न प्रति दर्शकले क्वाटर फाईनलमा एक सय रुपैयाँ खर्च गर्नु पर्नेछ । विद्यार्थिलाई ८० रुपैयामा खेल हेर्न पाउँने जानकार गराइएको छ ।

खेलको सेमि फाईनलमा भने २ सय र फाईनल खेल हेर्न ३ सय तिर्नु पर्नेछ । यस्तै सिजनल हजारको टिकटमा एनसिएलको सिम २ वटा निशुल्क रहेको छ ।  दैनिक टिकटमा खरिद गर्नेलाई एउटा एनसिएलको सिम प्रदान गरिनेछ् । जेष्ठ नागरिक र बालबालिकाले भने निशुल्क खेल हेर्न पाउँनेछन् ।

खेलमा राष्ट्रीय खेलमा सहभागी खेलाडी देख्न पाईने छ । भारतले पनि केहि राष्ट्रीय र इन्डियन लिगमा खेलेका खेलाडी आउने क्लबका सचिव रोशन राईले बताए ।

गोल्डकपको खर्च ६० लाख पुग्ने अनुमान गरिएको छ । खर्च व्यवस्थापन गर्न इलामका विभिन्न व्यवसायी, फुटबल प्रेमिहरुको सहयोग रहेको जनाइएको छ । अन्य संघसंस्थाहरुलाई पनि सहयोगको आग्रह गरेको बताइएको छ ।

गोल्डकपले महिलाहरुको खेलप्रति हौसला बढाउन आयोजना गरिएको खेलमा सबैले खुलेर सहयोग गरिदिन क्लबले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार