
फिक्कल: इलामको सुर्योदय नगरपलिकाले आइतबार बजार अनुगमन गर्दा १७ हजार बढीको म्याद गुज्रिएको वस्तु फेला परेको छ ।
नगरपालिकाको वडा नम्बर ८ को शान्ति बजारबाट पाल्टाङ्गेसम्म रहेका किराना पसल, मिठाइ पसल, लगायतका साना ठुला गरि दश ओटा पसलहरुमा अनुगमन गरिएको नगरपालिका उपभोक्ता हित संरक्षण अधिकृत नविन ढकालले जानकारी दिए ।
अनुगमनका क्रममा केही पसलबाट म्याद गुज्रिएको, मिठाई, चिप्स, विस्कुट, तेल लगायतका लगायतका १७ हजार मुल्य बराबरका वस्तु फेलापारी जफत गरिएको अधिकृत ढकालले जानकारी दिए ।
नगरपालिकाले समय समयमा अनुगमन गरिरहे पनि कतिपय पसल नयाँ सन्चलानमा आएकाले दर्ता तथा नविकरण नगरिएको धेरै पसलहरुमा मुल्य सुचि टाँस नगरिएको पाइएकाले उनिहरुलाई सात दिनको म्याद दिएर आधिकारीक बनाउन सुझाव दिइएको बताइएको छ ।
पसलहरुलाई दर्ता लाइसन्स लिएर मात्रै मधिरा, सुर्ती जन्य पदार्थहरु बेचविखन गर्न बारेमा सुझाब दिएएको छ । यसका साथै सरसफाइमा ध्यान दिन पनि सुझाव दिइएको जनाइएको छ ।
उपभोक्ता हित संरक्षण ऐन अन्तरगत उपप्रमुख दुर्गा कुमार बरालको संयोपकत्वमा नगर समिति रहेको छ । अधिकृत ढकाल, सुर्योदय उद्योग बाणिज्य महाँसघ प्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी, आठ नम्बर वडाका कर्मचारी, संचारकर्मी लगायतको उपस्थितिमा आनुगमन भएको थियो ।

166 पटक हेरिएको 














