इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टीम एपिएफले भारतको मदर टेरेसालाई स्तब्ध बनाउँदै घर फर्काएको छ ।
ओएसिस क्लब इलामलेको आयोजनामा भइरहेको मंगलबारको खेलमा एपिएफले १४-१ को अन्तरले पराजित गर्दै टेरेसालाई घर फर्काएको हो ।

एपीएफ भने यो जीतसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको गोलको बर्षाको बिरुद्ध खेलको १२ औ मिनेटमा मदर टेरेसाको तर्फबाट प्रतिज्ञा क्षेत्रीको गोल सान्त्वानामा साबित भयो ।
एपिएफका तर्फबाट पहिलो हाफको छैटौ मिनेटमा अनिता केसिले गोलको खाता खोलिन् । खेलको १२ औ मिनेटमा मदर टेरेसाको तर्फबाट प्रतिज्ञा क्षेत्रीको गोल गर्दै बराबर बनाइन् ।
बराबरको खेला लामो समय टिकेन । पहिलो हाफमै अनिता बस्नेतले खेलको ह्याटि्रक गरिन । रश्मि कुमारी घिसिङले २ गोल गरिन ।

दोस्रो हाफमा एपीएफकि रश्मि कुमारी घिसिङले थप ४ गोल गर्दै दोहोरो ह्याट्रीक गरिन । कप्तान अनिता बस्नेतले दोस्रो हाफमा थप २ गोल गर्दै व्यक्तिगत ५ गोल पुर्याइन् ।
दोस्रो हाफको २५ औ मिनेटमा एपीएफकी डिफेन्स लाईन सम्हालिरहेकी मनमाया दमाईले थप एक गोल बनाइन् । दोस्रो हाफको अन्तिम समयमा कुसुम खतिवडाले एक गोल थपिन् ।
खेलको वुमन अफ द डे एपीएफकी दोहोरो ह्याट्रीक पुरा गर्ने रश्मि कुमारी घिसिङ घोषित भइन । उनले नगद ५ हजार र ट्रफी प्राप्त गरिन ।
भोलि बुधबार पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलामले विभागिय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ ।

209 पटक हेरिएको 











