
मुडेशनिश्चरे: मेलमिलापकर्ता न्यायिक समितिको प्रमुख अंग भएको संखुवासभा धर्मदेवी नगरपालिकामा भएको कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले स्थानीय मेलमिलापकर्ताको पुनर्ताजकी तालिमको समापन समारोहमा बोल्दै न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ता न्यायिक समितिको अभिन्न अंग भएको बताएका हुन ।
समापन समारोहमा नगर प्रमुख उदयचन्द्र पौडेलले समुदायको नागरिकको न्यायको क्षेत्रमा काम गर्ने मेलमिलापकर्ता स्थानीय सरकारको शान्ति र समृद्धिको सम्बाहक भएको बताए । उनले भने ‘मेलमिलापकर्ता स्थानीय सरकारको एउटा अंग हो । समुदायले न्यायको महसुश गर्ने न्यायको काम गर्नुपर्छ । न्यायिक समाजको निर्माण गर्नुपर्छ ।’

प्रमुख पौडेलले नागरिकको न्यायको काम गर्ने मेलमिलापकर्ताले न्यायिक समाजको निर्माणमा सहजिकरण गर्नुपर्नेमा जोड दिए ।
नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक तारा महत भट्टराईले न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने बताउँदै, गाउँपालिकामा भएको विवाद मेलमिलाप केन्द्रमै समाधान गर्न मेलमिलापकर्ताले काम गर्नुपर्नेमा जोड दिइन् । उनले मेलमिलापका लागि मेलमिलाकर्तालाई थप सीपको जानकारीसँग उपलब्ध कानुनी, विधि तथा प्रकृयाको बारेमा जानकारी दिन आवश्यक भएकोले पुर्नताजकी तालिम सञ्चालन गरेको जानकारी गराइन् ।
समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले न्याय प्रणालीको महत्वपूर्ण अंगको रुपमा रहेको मेलमिलापकर्ताले सहज प्रभावकारी मैत्रीपूर्ण माध्यमले विवाद समाधनको काम गर्नुपर्नेमा जोड दिए ।
अधिकृत भट्टराईलाई भने ‘तालिमबाट प्राप्त सीपलाई व्यवहारमा रुपान्तरण गर्नपर्छ । द्वन्द रुपान्तरणमा उपयोग गर्दै न्यायिक समितिलाई सहयोग गर्नुपर्छ ।’
कार्यक्रममा मेलमिलापकर्ता दोर्ची सेर्पाले न्याय सम्पादनको क्षेत्रमा मेलमिलापको अवसर पाउँनुपर्ने बताए । उनले विवाद समाधानमा नीतिगत काम कारबाहीमा जोड दिनुपर्नेमा जोड दिए ।
मेलमिलापकर्ता रुक्मिणी कार्की श्रेष्ठले मेलमिलापकर्तालाई सक्षम बनाउँन आवश्यक थप सीप समेत स्थानीय सरकाले व्यवस्थापन गर्नेपर्ने बताए ।
नगरपालिकाको २७ जना बढी सहभागी तालिममा मानव अधिकार मञ्च नेपाल इलामकी गायत्री थेगमि र याम माबोहाङले सहजिकरण गरेको उजुरी प्रशासक दिपक ढुङ्गेलले जानकारी गराए ।

195 पटक हेरिएको 











