
रसुवा- रसुवा जिल्लाको नेपाल-चीन जोड्ने मितेरी पुल बिहान करिब तीन बजे अचानक आएको बाढीले बगाएको छ । त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ ।
स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्याइएको खबर प्राप्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।@nepaltvonline.com बाट ऽ

185 पटक हेरिएको 











