
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले डोनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि आफूले मनोनीत गरेको बताएका छन्। ट्रम्पले धेरै पहिलेदेखि उक्त पुरस्कारमा आँखा लगाएको बताइन्छ।
“यतिखेर उनी शान्ति स्थापनामा लागिपरेका छन्, एकपछि अर्को देश अनि एकपछि अर्को क्षेत्रमा,” पुरस्कार समितिलाई आफूले पठाएको पत्र ट्रम्पलाई दिँदै नेतन्याहूले भने।
यस्तो विश्लेषण गर्ने नेतन्याहू मात्र एक्ला सायद होइनन् – जुन महिनामा पाकिस्तानले उक्त पुरस्कारका लागि ट्रम्पलाई मनोनयन गर्ने बतायो। मे महिनामा भारत र पाकिस्तानबीच युद्धविराम गराउन उनले खेलेको भूमिका भन्दै पाकिस्तानले मनोनयन गर्ने भनेको थियो।
तर भोलिपल्टै अमेरिकाले पाकिस्तानको छिमेकी देश इरानमा परमाणु केन्द्रहरूमा बमबारी गरेपछि सामाजिक सञ्जालमा उक्त प्रस्तावको तीखो आलोचना भयो।
संसारकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने नोबेल शान्ति पुरस्कार स्वीडिश वैज्ञानिक, व्यापारी तथा परोपकारी अल्फ्रेड नोबेलका नाममा स्थापित छमध्ये एक विधाको पुरस्कार हो।
नर्वेली संसद्ले चयन गरेको पाँच जना सदस्य भएको समितिले विजेताको चयन गर्छ।
यदि ट्रम्पले सो पुरस्कार जिते भने उनलाई कतिपयले विवादास्पद विजेता मान्ने छन्। तर राजनीतिक प्रकृतिको भएकाले शान्ति पुरस्कार अन्य पाँच विधाका नोबेल पुरस्कारभन्दा धेरै विवादित हुने गर्छ।
सबैभन्दा धेरै विवादितमध्येका छ वटा उदाहरण यहाँ प्रस्तुत गरिएका छन्। साथै नोबेल पुरस्कार नपाएका एक उल्लेख्य व्यक्तिबारे पनि यहाँ चर्चा गरिएको छ।@bbc.com/nepali बाट ।

66 पटक हेरिएको 











