
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले इलाका प्रहरी कार्यालय मंगलबारेलाई साउन १ गतेदेखि थप सेवा विस्तार गरेको छ । अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सेवा बिस्तार गरिएको बनाइएको छ ।
सेवा बिस्तासँगै इलाका प्रहरी कार्यालय मंगलबारेले आफ्नो कार्यक्षेत्रभित्र पर्ने वडाहरूमा हुँने आपराधिक घटनाहरूको उजुरी दर्ता, अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन सक्ने अधिकार प्राप्त गरेको छ ।
प्रहरी सेवा नागरिकको घरदैलोमै पुर्याउँदै सजिलै, छिटो र प्रभावकारी सेवा लिन सक्ने अपेक्षा गरिएको बताउँदै कानुनी राज्यको अवधारणा अनुसार शान्ति, सुव्यवस्था र सुरक्षाको सुनिश्चितता गर्न सेवा बिस्तार गरिएको बताइएको छ । यसका साथै जिम्मेवार र व्यावसायिक प्रहरी प्रणालीको विकास गर्नु यो विस्तारको मुख्य उद्देश्य रहेको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय ईलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट मात्रै आपराधिक अनुसन्धान तथा कारबाहीको सेवा प्रदान हुँदै आएको थियो ।
सेवा बिस्तारका गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ईलामको सिफारिसका आधारमा, प्रहरी प्रधान कार्यालय तथा संगठन प्रमुखज्यूबाट अनुसन्धानको अधिकार प्रदान भएको हो ।

130 पटक हेरिएको 














