३१औं विश्व आदिवासी दिवसका दिन इलाममा अनड्रिप र आइएलओ १६९ कार्यान्वयन सम्बन्धी अन्तरकृया


सेवारो खबर  256 पटक हेरिएको

इलाम: ३१ औं विश्व आदिवासी दिवसका दिन शनिबार आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले अन्तरकृया कार्यक्रम गरेको छ ।

प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, अनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने विषयमा अन्तरकृया गरेको महासंघले जनाएको छ ।

सर्बोच्च अदालतको निर्देशनात्मक आदेशलाई सरकारको नीति निर्माण गर्दा अनड्रिप र आइएलओ १६९  मा भएको आदिवासी सम्बन्धी व्यवस्थालाई कार्यान्वयनको गराउँने दवाब स्वरुप अन्तरकृया गरेको महासंघ अध्यक्ष अभिशेक येक्तेन (चक्र) जानकारी गराए ।

अन्तराष्ट्रिय श्रम संगठन १६९ र आदिवासी जानजातिहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र २००७ पक्ष राष्ट्र भएको लामो समय बितेपछि कार्यान्वयनमा गराउँन सरकारको विरुद्धमा रिट निवेदन लगाउँनु परेको नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) तर्फबाट रिट निवेदक कार्यक्रमका प्रमुख बक्ता शंकर लिम्बूले जानकारी गराए ।

जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मी राई यायोक्खा अध्यक्ष पुष्षा राई नेपाल मगर संघ अध्यक्ष इश्वर लुङ्गेली मगर तमु ह्योला छोजधीँ अध्यक्ष दिपक गुरुङ तामाङ घेदुङ अध्यक्ष टिका तामाङ याक्खा छुम्माका कुलबहादुर देवान नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज अध्यक्ष याम माबोहाङ र नेपाल पत्रकार महासंघ उपाध्यक्ष सुनिता खालिङ राईले आदिवासी जनजातिको हक अधिकारलाई नीतिगत रुपमा सुनिश्चित गर्न सरकार र सरोकारवालाले काम गर्नुपर्नेमा जोड दिए ।

महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष अभिषेक येक्तेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भक्त थामीले स्वागत गर्दै विश्व आदिवासी दिवसको बारेमा जानकारी गराए । कार्यक्रम सचिव रञ्जिता याक्खा देवानले सञ्चालन गरिन् ।

२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि दिवस मनाउँन थालिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार