‘आदिवासीका हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु नै एकजुट हुन आवश्यक’


याम माबोहाङ लिम्बू  146 पटक हेरिएको

इलाम: आदिवासीका हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु एकजुट हुन आवश्यक रहेको शनिबार इलाममा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् ।

उनिहरुले ३१ ‌औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न आदिवासीहरुले नै एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।

प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, अनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने विषयमा भएको अन्तरकृयामा नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) तर्फबाट रिट निवेदक कार्यक्रमका प्रमुख बक्ता अधिवक्ता शंकर लिम्बूले वर्तमान परिवेशमा आदिवासीहरुको लागि आदिवासी जनजाति नै एकजुट भएर काम गर्नु पहिलो आवश्यकता देखिएको बताए ।

अधिवक्ता लिम्बुले ‘विभिन्न नाममा आदिवासीहरु विभाजित भएका छौं । यो विभाजनले आदिवासीका हक अधिकार ओझेलमा परेका छन् । हाम्रो यो आपुङ्गिपना छोड्नुपर्छ । साझा मुद्दामा एकताबद्ध भएर काम गर्नुको विकल्प छैन, भने ।’

जिल्ला समन्वय परिषद इलामका प्रमुख जयप्रकाश राईले सधैं आदिवासीलाई राज्यले दोस्रो दर्जाको रुपमा हेरेको बताए ।

प्रमुख राईले ‘हामीले हाम्रो नेतृत्व गर्ने राजनीतिक दललाई आदिवासीका सवालमा भन्न सकेका छैनौ । नेतृत्वसँग बहस गर्नुको विकल्प छैन । संविधान सम्मत आदिवासीहरुको अधिकार पाउँनका लागि एकजुट हुनुको विकल्प पनि छैन ।’

‘आदिवासीहरुलाई राज्यले प्रयोग मात्रै गरे प्रमुख राईले भने आदिवासी जनजातिहरु प्रति राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ । जल जमिन र जंगलको कुरा गर्छौ तर स्रोतहरुको सवालमा हामी बिस्तारै नाङ्गिदै छौ । यस विषयमा थाहा पाउँन जरुरी छ ।’

महासंघ जिल्ला समन्वय परिषदका सल्लाहरुका तथा अभियन्ता जसबहादुर राईले आदिवासीहरुले एउटै बाटोमा हिड्नु वर्तमानको आवश्कता रहेको बताए ।

उनले भने ‘हामी विचारहरुले विभाजित भएपनि हक अधिकारका मुद्दामा एकजुट हुनुपर्छ । सामुहिक रुपमा हक अधिकार र पहिचानको पक्षमा एकताबद्ध भएर जानुपर्छ । आफुलाई आफैलाई चिन्नुपर्छ । आदिवासी जनजातिले आदिवासी जनजातिले नै बुझ्न आवश्यक छ अभियन्ता राईले भने ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष बुद्धमाया सोङ्मीले हक अधिकार र पहिचानको पक्षमा राजनीतिक रुपमा विभाजित भएको बताइन् ।

उनले भनिन्रा ‘राजनीतिको नाममा आदिवासी जनजातिलाई फूटाएको छ । एक भएर अगाडि बढ्न सक्यौ भने हामीलाई राजनीतिले छेक्दैन तर हामीसँग आँट हुनुपर्छ ।’

किरात राई यायोक्खा अध्यक्ष पुष्पा राईले आदिवासीको हक अधिकार सुनिश्चित गर्नका लागि एकता पहिलो आवश्यकता भएको बताइन् ।

कार्यक्रममा तमु ह्योला छोजधीका अध्यक्ष दिपक गुरुङ, नेपाल मगर संघका अध्यक्ष इश्वार लुङ्गेली मगर, नेपाल तामाङ घेदुङ संघ अध्यफ टिका तामाङले आदिवासी जनजातिका सवालमा राजनीतिक रुपमा उठ्नु पर्नेमा जोड दिए ।

आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) अध्यक्ष याम माबोहाङ लिम्बू र नेपाल पत्रकार महासंघ उपाध्यक्ष सुनिता राईले अधिकार र अवसरका लागि पैरवी गर्ने आदिवासी जनजातिको क्षमता समेत बनाउँनु पर्ने बताए ।

महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष अभिषेक येक्तेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भक्त थामीले स्वागत गर्दै विश्व आदिवासी दिवसको बारेमा जानकारी गराएको कार्यक्रम सचिव रञ्जिता याक्खा देवानले सञ्चालन गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार