
इलाम: द्वन्द्व सहजीकरण कला सम्बन्धि ५ दिवसीय तालिम सोमबार इलाममा शुरु भएको छ ।
मानव अधिकार मन्च नेपाल इलामले सञ्चालन गरेको तालिममा सिर्जनात्मक कला माध्यमबाट द्वन्द वा विवादलाई सहजिकरण गर्ने सीपको प्रदान गरिने बताइएको छ ।
जिआईजेट जेठएफडिको आर्थिक सहयोगमा विवाद सहजिकरणमा कला पद्धतिको प्रयोग कसरी गर्न सकिन्छ ।
तालिममा सिर्जनात्मक कलाको माध्यमबाट मानवीय मूल्य मान्यतालाई स्थापित गरी विवास समाधानमा आवश्यक सीप तथा क्षमताको बारेमा जानकारी गराइने मञ्चले जनाएको छ ।
आगामी शुक्रबार सम्म चल्ने तालिमको अन्तर्राष्ट्रिय शान्ति सहजकर्ता कारोलिना बुज्को र मानव अधिकार मन्चका योगराज सापकोटाले सहजिकरण गरिरहेका छन् ।

110 पटक हेरिएको 














