अविरल वर्षाले इलाममा एकको मृत्यू, सडक अबरुद्ध


सेवारो खबर  75 पटक हेरिएको

इलाम: अविरल वर्षाले इलाममा एकको मृत्यू हुनका साथै सडक सञ्चालनमा समस्या भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोङ गाउँपालिका–४, मानाबुङमा स्थानीय ६० वर्षे वीरबहादुर राई (कान कम सुन्ने)को मृत्यु भएको छ ।

घरबाट करिब तीन सय मिटर पश्चिमस्थित बाटोमा पैदल हिँडिरहेका बेला खोल्सामा एक्कासि लेदोसहित पहिरोले पुरिएर उनको मृत्यु भएको जनाइएको छ ।

इलाम नगरपालिका ९, गोलबस्तीका राकेश थापामगरको टिनको छानो र इँटा–माटोले बनेको २ तले घर आधा भत्किएको छ । वर्षाका कारण जीर्ण घरको दक्षिणतर्फको आधा भाग भत्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका ११, सोयाकमा केचना–कञ्चनजंघा मार्गमा पहिरो झर्दा सवारी साधन चल्न बन्द भएका छन् ।

सूर्योदय नगरपालिका ६, हर्कटेबाट गुगल रिसोर्ट जाने बाटामा केसर कटवालको घरको माथिको भागबाट पहिरो गएको छ ।

माई नगरपालिका ९, सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहित पहिरो झरेपछि बाटो अवरोध भएको बताइएको छ ।

फाकफोकथुम गाउँपालिका–१, पचेवास्थित आमचोकदेखि घुर्बिसे पञ्चमी हुँदै राँके इलाम आउने भित्री कच्ची सडक अवरुद्ध भएको छ ।

वर्षाके कारण मेची राजमार्गको विभिन्न स्थानमा लेदो थुप्रिदा सवारी साधन चल्न समस्या छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार