इलाम बजारमा सकियो रोपाइँ जात्रा, भोली शुक्रबार देउमाईको नवमी र माईको शुक्रबारे बजारमा पनि हेर्न पाइने


सेवारो खबर  127 पटक हेरिएको

इलाम :  मौलिक पर्वका रूपमा स्थापित रोपाइँ जात्रा बिहीबार इलाम बजारमा देखाइएको छ । जात्रामा लोकधुनको तालमा सार मिलाउँदै धान रोप्ने, हल जोत्ने, बाउसे गर्ने र रोपाहारले धान रोप्ने कलात्मक अभिनय प्रस्तुत गरे ।

नेपाल भाषा तथा संस्कृति समाजले संयोजन गरेको जात्रामा स्थानीय जातजातिका मौलिक र सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो । साँझमा लिम्बु समुदायले धान नाच तथा केलाङ भएको छ ।

जात्रामा लाखे, वनकाइँला, वनकाइँली, सिल्भर मेनलगायतका आकर्षक पात्रहरूको रोचक अभिनयले जात्रालाई थप मनोरञ्ज दिलाएको थियो ।

‘खेतमा धान रोपाइँ सकेपछि मैजारोको रूपमा जात्रा मनाउने प्रचलन पुरानो भएको आयोजक नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रबिण श्रेष्ठले भने जात्रा इलामको सांस्कृतिक परम्परा हो ।’

स्थानीय इस्वर चिपालुले रोपाइँ जात्रालाई इलामको सांस्कृतिक पहिचानका रूपमा जोगाउँदै पर्यटक आकर्षणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

इतिहास अनुसार सुगौली सन्धीपछिको समयदेखि नेवार समुदायको बसोबास इलाममा सुरु भएपछि रोपाइँ जात्रा पर्वका रूपमा मनाउन थालिएको इतिहास छ । स्थानीयदेखि बाहिरबाट आएका दर्शकसमेतले रोपाइँ जात्राले इलामको मौलिक संस्कृति र पहिचानको अनुभव लिन पाएको बताउँछन् ।

यस्तै जात्रा बुधबार देउमाईको मंगलबारेमा समेत देखाइएको थियो । बिहिबार इलाम बजारमा भोली शुक्रबार देउमाई नगरपालिकाको नवमी बजार र माई नगरपालिकाको शुक्रबारे बजारमा समेत हेर्न पाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार