इलाम: फास्ट ट्र्याक नामले परिचित इलाम–झापा जोड्ने (केचना–कञ्चनजंघा मार्ग)को पुवाखोलामा निर्मित बेलीब्रिजको बुधबार औपचारिक उद्घाटन भएको छ ।
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तवले बेलीब्रिज संयुक्त रूपमा उद्घाटन गरेका हुन ।
४८.८ मिटरको बेलिब्रिजले इलाम नगरपालिका वडा नम्बर ९ र ११ समेत जोड्ने काम गरेको छ । पुल २५ टन क्षमताको रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
भारतीय सरकारको सहयोगमा एक करोड ३५ लाख रुपैयाँ लगानीमा बेली ब्रिज जडान गरिएको जनाइएको छ ।
पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरी समेत छोटो भएको छ । बेलीब्रिजले ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापा सम्मको आवतजावत सहज भएको छ । स्थानीय कृषि उपजहरूको बजारीकरण भई स्थानीयको आर्थिक स्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
बेली ब्रिज वारिपारिको दुई वर्षमा सक्नुपर्ने सडकको काम चाहिँ चार वर्षमा आधासम्म भएको छैन ।
पान्थरको हेवाखोलामा निर्मित मोडुलर ब्रिज पनि बुधबारनै उद्घाटन भएको छ । मेचि राजमार्गमा पर्ने ७० मिटर लामो पुलले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई समेत जोडेको छ ।

140 पटक हेरिएको 











