जिप्रकाले गर्यो सरसफाईसँगै बृक्षारोपण कार्यक्रम


सेवारो खबर  165 पटक हेरिएको

इलाम: जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान इलाम नगरपालिका ९ सिंह बाहिनी मन्दिर परिसरमा सरसफाई गरेको छ ।

प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाको नेतृत्वमा अघि बढाइएको अभियानले जन स्वास्थ्य प्रवर्द्धन, धार्मिक स्थलको संरक्षण, पर्यावरणीय सचेतना तथा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

अभियानले समाजमा स्वच्छता, नागरिक उत्तरदायित्व र प्रहरी–समुदाय सहकार्यको सन्देश फैलाउने उदेश्यका साथ कार्यक्रम गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समुदाय प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै कार्यालयले हरेक शुक्रबार नियमित रूपमा मठ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयको शुक्रबार नै कार्यालय परिसरमा बृक्षरोपण समेत गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार