‘प्रदेशको नाम पहिचानको आधारमा पुन नामाकरण गरी शान्ति र समृद्धि तिर अघि बढ्नु’


सेवारो खबर  146 पटक हेरिएको

इलाम: ‘कोशी नाम संशोधन प्रस्तावबाटै च्याप्टर क्लोज’ले द्वन्दलाई थप धकेल्ने काम गरेको प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले प्रतिकृया दिएको छ ।

संघर्ष समितिले विज्ञप्ति जारी गर्दै कथित ‘कोशी’ नाम खारेजीको आन्दोलन निरन्तर चलिरहेको जनकारी गराउँदै ‘संशोधन प्रस्ताव पास गरेर नामाकरण सम्बन्धी संशोधन प्रस्ताव लगाएर पहिचानको आधारमा पुन नामाकरण गरी प्रदेशमा शान्ति र समृद्धि तिर अघि बढ्न माग गरेका छन् ।

प्रदेशसभा नियमावली २०७९ संशोधन मस्यौदा समितिमा प्रस्तुत गर्दा प्रदेशको नामाकरण पुन संशोधन प्रस्तावसम्म गर्न नसकिने गरी ल्याउँन लागेको सूचनाले थप आक्रोशित भएका छौं । यो हर्कतको घोर भत्सना गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जे शेर्पा, किरात राई यायोक्खा संघिय अध्यक्ष जीवन हाताचो राई.  नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पा, पहिचानवादी मोर्चा सचिव गोपाल किराती, नेपाल जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङदेन मिराक, जनता समाजवादी नेपाल प्रदेश १ अध्यक्ष दिपक याक्खा, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ अध्यक्ष ङिमी शेर्पा र नागरिक उन्मुक्ति पार्टी महासचिव पदम अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा कार्यालयहरुमा कोशी नाम मेटाउने हटाउने र लेटरहेड प्रयोग नगर्ने नगराउने अधियान निरन्तर रहेको जनाइएको छ ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार