
काठमाडौ: जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । काठमाडौँ उपत्यकाभित्रका विभिन्न अस्पतालहरुमा १६ जना र इटहरीमा २ जनाको मृत्यु भएको हो ।
पछिल्लो अपडेट अनुसार काठमाडौँको केएमसी अस्पतालमा थप १ जनाको मृत्यु भएको छ । यो सँगै केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ ।
यसअघि ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना र शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको मृत्यु भएको थियो ।
विभिन्न ठाउँमा भएका घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म २ सय ५० भन्दा बढी घाइतेहरुको उपचार भइरहेको बताइएको छ ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले सबै घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।@विभिन्न सञ्चार माध्यम ।

96 पटक हेरिएको 














