इलाममा अवैध मदिरा र म्याद गुज्रिएका सामग्री फेला


सेवारो खबर  127 पटक हेरिएको

इलामः इलाम बजारमा अवैध मदिरा र म्याद गुज्रिएका सामग्री फेला परेको छ । बजारमाअबैध भारतीय मदिरा खुलेआम बिक्री बितरण समेत हुने गरेको पाइएको छ ।

इलाम नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, इलाम उद्योग वाणिज्य सङ्घ लगायतले गरेको अनुगमनका क्रममा मदिरा र म्याद गुज्रिएका सामग्री फेला परेको जनाइएको छ ।

अनुगमनका क्रममा १४ काटुन् अवैध मदिरा (सिक्किमे), १२ काटुन भारतीय रङवाला नुडल्स, म्याद गुज्रिएका १४ केश पेय पदार्थ बरामद गरिएको छ । बजारकै एक पसलबाट मात्रै ७८ बोतल अवैध सिक्किमे रक्सी अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । सोही पसलमा आठ काटुन् भारतीय अवैध रङवाला नुडल्स बरामद भएको थियो ।

नगरपालिकाले भदौ २२ र २३ गते इलाम बजारका २२ वटा पसलमा अनुगमन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार