जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा परी मृत्यू हुनेको संख्या ७४ पुग्यो


सेवारो खबर  114 पटक हेरिएको

काठमाडौं: जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ  ।

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको भित्रबाट डढेको अवस्थामा एक शव फेला परेपछि मृत्यू हुनेको संख्या थपिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुधबार भेटिएको शव पूरै जलेको अवस्थामा छ, जसको पहिचान अझै खुलेको छैन ।

यसअघि चुच्चेपाटीस्थित भाटभटेनीबाट ७ वटा जलेका शवहरू अस्थिपञ्जरको रूपमा फेला परेका थिए, जुन अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त कोटेश्वरको यो शाखामा पनि शव भेटिएसँगै आन्दोलनको हिंसात्मक रूप देखिन थालेको हो । @.drishtinews.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार