
इलाम: याक्थुङ सयङ (थरगत) इलाम जिल्ला भेला असोज ३ र ४ गते इलाम बजारमा हुने भएको छ । लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूह, फाकफोकथुम इलामको संयोजनमा प्रथम भेला तथा अन्तरक्रिया हुन लागेको हो ।
‘हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं’ भन्ने मुला नारा बनाएको भेलामा परम्परागत पुरख्यौली भूमि र तथा प्रथाजनित संस्थाका विषयमा अन्तरक्रिया हुने संयोजक भूमिका फियाक लिम्बूले जानकारी गराइन् ।
इलाम जिल्लामा बसोबास गर्ने याक्थुङ लिम्बुहरुको समग्र विकासमा सागठिन आधार निर्माण गर्ने अन्तरक्रिया कार्यक्रमले थरगत आआफ्नो पकड क्षेत्रको गाउँ स्तरको विकास भाषा लिपि संस्कृति परम्परा भूमि प्राकृतिक स्रोत चर्चेको बन जंगल चिहान माङ्गेन्ना यक मुन्धुमी स्थलहरुको संरक्षण र प्रवर्द्बन गर्दै अन्तराष्ट्रिय कानुनले सुनिश्चित गरेको आफ्नो प्रथाजनित भूमिलाई व्यवहारिक रुपमा स्थापित गर्नेछ । यसका साथै लोप भइसक्न लागेको लिम्बुहरुको प्रथाजनित परम्परागत संस्थालाई थरगत बसोवास रहेको गाउँमा प्रथाजनित संस्थालाई स्थापित गर्दै तिनीहरुलाई न्यायिक र शासकीय स्वरुपमा कार्य गर्न सबल सशक्त बनाउँने अपेक्षा गरिएको छ ।
अन्तरक्रयामा दुई दर्जन बढी याक्थुङ लिम्बुहरुको थरगत संस्थाका प्रतिनीधि सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा १.फियाक, २.इमेहाङ, ३.फत्र, ४.थोक्मिहाङ, ५.चिलिक्चम, ६.लक्ताम, ७.लक्सम, ८.लक्सम्बा, ९.लिङदम, १०.थेबे, ११.खापुङ, १२.फागो/वनेम, १३.लोरिङदेन, १४.साम्बा, १५.योङहाङ ,१६.केरूङ, १७.मर/येक्तेन, १८.पत्रे, १९.लावती, २०.नेम्बाङ, २१.अगुवा, २२.लिङदेन, २३.खाम्दाक, २४.सम्बाहाम्फे, २५.थक्मुहाङ, २६. जबेगु/थेगिम, २७. सोङमी, २८. माबोहाङ र २९. वदोहाङ सयङलाई सहभागितालका लागि पत्र पठाइएको बताएको छ ।
कार्यक्रमको अवधारणा पत्र :


परम्परागत प्रथाजनीत पुर्ख्यौली भूमिमा नियन्त्रण र व्यवस्थापन सहित स्वशासन र स्वयत्तता कसरी कायम गर्ने ?









200 पटक हेरिएको 











