
इलाम: संविधान दिवसको अवसरमा इलाममा शुक्रबार परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषयक अन्तर्क्रीयात्मक संवाद सम्पन्न भएको छ ।
मानव अधिकार मन्च नेपाल इलाम, गैरसरकारी संस्था महासंघ इलाम र उच्च बार एसोसिएसन इलामको संयुक्त आयोजनामा अन्तर्क्रीयात्मक संवाद सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली काङ्रेसका जिल्ला सचिव निरोज खड्गीले जेन्जिको माग जायज भएको बताए । उनले सबै दलहरुले आन्दोलनको म्यान्डेड अनार राजनीतिक दलले आफ्नो कमिकमजोरी केलाई अघि बढनु पर्नेमा जोड दिए ।
नेकपा माओवादीका सहइन्चार्ज राम राईले आन्दोलनको मुद्दाललाई राजनीतिक दलले दायित्व बोध गरेर अघि बढन आवश्यक रहेको बताए । उनले अहिले संविधानलाई संरक्षण गरेर सबै राजनीतिक दल अघि बढ्नु पर्ने बिचार व्यक्त गरे ।
जनता समाजवदी पार्टिका जिल्ला अध्यक्ष छिकेन तामाङ्ग यो एतिहासिक आन्दोलन रहेको बताउँदै सबैलाई अपनत्व दिने संविधान संशोधन गर्नुपर्ने बताए । उनले भने ‘आन्दोलनका क्रममा भएको घुसपैठलाई छानबिन गरि अघि बढन आवश्यक छ ।’
वरिष्ठ अधिवक्ता जस बहादुर लुङ्गेली मगरले जेन्जीको आन्दोलनकारीको मुख्य माग के के थिए,कुन कुन घटना गरेको हो छानबिन गरी अघि बढनु पर्ने बताए । उनले भने ‘जनताको माग पूरा गर्न नसक्नुमा कस्को गल्ती कमजोरी छ त्यसतर्फ ध्यान दिब आवश्यक छ ।’
जिल्ला बार एसोसिएसनका अध्यक्ष तारानाथ पराजुलिले शान्तिपूर्ण आन्दोलन कसरी हिंसामा परिवर्तन भयो त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका अतिथी जिल्ला समन्वय समिती प्रमुख जयप्रकाश राईले जेन्जिको आन्दोलन नेतृत्वविहिन रहेकोले यस्तो अवस्था आएको बताए । उनले भने ‘अब जनप्रतिनिधिको कार्यशैली पनि सुधारेर अघि बढन आवश्यक छ । राजनीतिक दल, संघसंस्था, नागरिकले आफूले गल्ती कमजोरिलाई स्विकार गरी सच्चिनु पर्छ ।’
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नीतिगत निर्णय नआइन्जेलसम्म आन्दोलनका क्रममा तोडफोडमा लाग्नेलाई कानुनी कारवाही गर्न नमिल्ने जानकारी गराए । उनले आफुहरु तथ्यांक संकलन गर्ने काममा रहेको यसमा सबैलाई सहयोग गर्न अपिल समेत गर् । भ्रष्टाचारका विषयमा भने नागरिक समेत सचेत रहनुपर्नेमा जोड दिए ।
इलाम नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालले लोकतन्त्रलाई हुने खानेको पेवा बनाईएकोले यस्तो अवस्था भोग्नु परेको बताए । उनले जेन्जिको नाममा भएको विकृती विसङगतीलाई कारबाही गर्न आवश्यक रहेको बताए ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चेतनाथ पौडेल कृष्णले जेन्जी आन्दोलनमा भएको क्षतिलाई मध्यनजर गरी नीजि क्षेत्रको लगानी आवश्यक भएको बताए । उनले त्यसमा सबैको हातेमालोको हुनुपर्नेमा जोड दिए ।
गैर सरकारी संस्था महासंघका अध्यक्ष भक्तबहादुर थामीले कार्यक्रमको उद्देश माथि प्रष्ट पार्दै जेन्जीको आन्दोलनलाई फलाउने फुलाउने राजनीति दलनै भएको बताए । उनले सरकारमा आफू पुग्दासही अरु पुग्दा गलत भएको बेतिथीले जेन्जी आन्दोलन भएको बताउँदै नेपालको ३ तहको व्यवस्था धरापमा पारेको छ अब आगामी दिनमा कसरी जान सकिन्छ भन्ने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष मानव अधिकार मन्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले आन्दोलनको विषयमा सबै सरोकारवाला एकाजुट भएर छलफल गरि अघि बढन आवश्यक रहेको बताए । उनले आन्दोलनका विषयमा सबै जिम्मेवारी भई एकले अर्कोलाई दोश नलगाई सबैले आफ्नो व्यवहार परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधी, नागरिक सामाजिक संगठनका प्रतिनीधि, नागरिक पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

715 पटक हेरिएको 














