
इलाम: परिवर्तित राजनीतिक परिवेशलाई स्वीकार गर्दै ‘राजनीतिक दल सच्चिनुको विकल्प नभएको शुक्रबार इलाम बजारमा भएको एक कार्यक्रमका बक्ताले बताएका छन् ।
उनिहरुले संविधान दिवसका अवसरमा उच्च बार एशोसिएसन, मानव अधिकार मञ्च नेपाल इलाम र गैर सरकारी संस्था महासंघले आयोजना गरेको ‘परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषायक अन्तरकृयात्मक संवाद’मा बोल्दै दिगो शान्ति र नागरिकको समृद्दिका लागि देशको नेतृत्व गर्ने राजनीतिक दलमा रुपान्तरण आवश्यक भएको औल्याए ।
जिल्ला समन्वय प्रमुख जयप्रकाश राईले राज्यको नेतृत्वकर्ताको अतिवादले राज्यले वर्तमानको संकट भोग्नु परेको बताए ।
‘जेन्जीको आन्दोलन राजनीतिक संकट नभएको बताउँदै प्रमुख राईले भने ‘नेतृत्वकै दोषका कारण यो अवस्थामा पुगेका हौ । त्यसैले जनप्रतिनीधि सुध्रिनु पर्छ ।’
प्रमुख राईले मुलुकमा स्थायी शान्ति र सबैको विकास आवश्यक छ भन्दै भने ‘स्थायी शान्ति अहिलेकै निर्वाचन प्रणालीले ल्याउँन सक्दैन । निर्वाचन कानुन संशोधन गर्नु पर्छ । संविधान संशोधन गर्नु पर्छ । प्रदेशको आवश्यकता छैन ।’
नेपाली कांग्रेसका निरोज खड्गीले जेन्जी आन्दोलनले ल्याएको परिवर्तित परिवेशले राजनीतिक दललाई सच्चिने अवसर दिएको बताए । उनले वर्तमान पुस्ता सम्बोधन वर्तमान आवश्यकता भएको बताउँदै राजनीतिक दल सुध्रिनु पर्नेमा जोड दिए ।
वर्तमानव परिवेश सिर्जना हुनमा दलकै नेतृत्व भएकोले नेता खड्गीले अबको बाटो नेतृतेवको रुपमान्तरणको विकल्प छैन भने ।

नेकपा एमाले इलाम नगरपालिका अध्यक्ष ठाकुरनारायण श्रेष्ठले हामी सबै सुध्रिनुको विकल्प नभएको बताए । उनले भने ‘हामी सबै सुध्रिऔं । आआफ्नो क्षेत्रमा सुध्रिनुको विकल्प छेन ।’
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका इलाम इन्चार्ज बिजय खम्बुले जेन्जीको आन्दोलनमा पार्टीको सहमती रहेको बताए । उनले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र ०४६ साल पछिको नेतृत्वको सम्पत्ति छानविन हुनुपर्ने पार्टीको धारणा राख्दै यो परिवर्तित परिवेशबाट राजनीतिक दलले सिक्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका इलामका सहइन्चार्ज राम राईले जेन्जीले उठाएको मागलाई सम्बोधन गर्दै संविधान संरक्षण गर्नुपर्ने बताए । उनले परिवर्तनको नाममा धमिलो पानीमा माछा मार्न नहुँने बताउँदै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रका नेतृ उर्मिला तामाङले जेन्जीको आन्दोलनमा समर्थन जनाउँदै यसको कारण पत्ता लगाउँनु पर्नेमा जोड दिइन् । उनले सबै राजनीतिक दलले राजनीतिक संस्कारलाई आत्मसाथ गर्नुपर्ने बताउँदै राजनीतिक स्थायीत्वको खोजी आवश्यक छ भनिन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष छिकिन तामाङले परिवर्तित परिवेशको बारेमा राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने बताए । उनले संविधान ऐन कानुन अनुसार मुलुक सञ्चालन भएकोले यो अवस्था सिर्जना भएको बताउँदै यसको कारण जिम्मेवार अग्रज नेतृत्व हुन भने ।
‘अहिलेको संविधान अनुरो छ अध्यक्ष तामाङले भने संविधानले सबैलाई समेट्नु पर्छ । सबैको पहिचानलाई सम्बोधन गर्नुपर्छ । संविधानले उत्पीडित वर्ग समुदायको सम्बोधन गर्दै पूर्ण समानुपातिक निर्वाचन तथा संसद हुन आवश्यक छ ।’
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले वर्तमानको परिवर्तित परिवेशलाई अवसरको रुपमा लिनु पर्ने बताइन् ।
‘हामी सबैले यसको विषयमा स्वमूल्याङ्न गर्नुपर्छ । पदमा बस्नेले मेरो पदमा बसेरे मैले के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने बुझ्नुपर्छ’ भनिन् ।
वर्तमानव समयमा शान्ति सुरक्षा खस्केको हामी सबैलाई थाहा भएको बताउँदै प्रमुख जिल्ला अधिकारी नेपालले भनिन ‘नागरिकहरुमा शान्ति सुरक्षा कायम गर्न हामी सबै लागौं । संयमता अपनाऔं । सरकारी कर्मचारीले सेवाग्राही प्रति जिम्मेवार भएर काम गरौं । सेवाग्राहीको काम हुँने र नहुँने विषयमा प्रष्ट पारौं । काम नहुँने भए किन नहुँने । के के गर्दा काम हुन्छ । त्यो पनि भनौं र नहुँने भए किन नहुँने त्यो पनि सेवाग्राहीलाई इमान्दारीका साथै बुझाऔं ।’
कार्यक्रममा बरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेलीले अन्तरिम सरकारलाई सहयोग समर्थन गरेर जानुको बिकल्प नभएको बताए । उनले यदि यो सरकारलाई समर्थन गरेनौ भने मुलुकमा संकट आउँने भएकोले समर्थन गर्दै चुनावी घोषणा पत्र नागरिकको घरसम्न लिएर जाने वातावरण बनाउँनु पर्नेमा जोड दिए ।
अधिवक्ता लुङ्गेलीले ‘जेन्जीले के के गरेको हो । के के गरेको होइन प्रष्ट पार्नु पर्ने बताउँदै यस आन्दोदनको सवालमा जेन्जीसँग जिम्मेवारी छ । सचेत रहनुहोस आन्दोलन अपहरण नहोस’ भने ।

जिल्ला बार एशोसिएसनका अध्यक्ष तारानाथ पराजुलीले वर्तमान परिवेशलाई सम्बोधन गर्न संविधान संशोधन अनिवार्य सर्त रहेको बताए । उनले भने ‘घाइते संविधानले राजनीतिक स्थायीत्व दिदैन । मुलुकको संरचनालाई परिवर्तन गरेर जानु पर्छ ।’
इलाम नगरपालिका ४ नम्बर वडा अध्यक्ष तथा नगर प्रवत्ता नुतनदेव दुलालले लोकतन्त्रलाई हुँने खानेको बिर्ता बनाएकोले वर्तमान परिवेशको जन्म भएको बताए । उनले लोकतन्त्र ठेकेदारी प्रथा भएको बताउँदै विकृती र विसंगतीको अन्त्य हुँनुपर्नेमा जोड दिए ।
‘जेन्जीको आन्दोलनमा घुसपैठ भएको संकेत गर्दै प्रवत्ता दुलालले अवस्थाको रुपान्तरण गर्न राजनीतिक दलहरु सच्चिनुको विकल्प छैन । दलले सोच्नु पर्ने बेला आएको छ । नागरिक सुरक्षा सबैले चासो बढाउनु पर्ने देखिएको छ’ भने ।
इलाम नगरपालिका ७ नम्बर वडा अध्यक्ष नरेश श्रेष्ठले वर्तमान परिवर्तित परिवेशको सवालमा राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताए । उनले जेन्जी आन्दोलनमा भएको तोडफोडमा सहभागीलाई हामी सबै राजनीतिक दलले कारबाहीको दायरामा ल्याउँनु पर्नेमा जोड दिए ।
कार्यक्रममा इश्वरी तामाङ, जीवन शर्मा, कृष्ण पौडेल, छबि श्रेष्ठ, उद्बव पौडेल, प्रकाश परियार, भक्त थामी र देवेन्द्र विश्वकर्माले मुलुकमा दिगो शान्ति र नागरिकमा समृद्बी ल्याउँन राजनीतिक दल सच्चिनुको विकल्प नरहेको बताए । उनिहरुले यसका लागि वर्तमान परिवेशलाई आत्मसाथ गर्दै संविधान तथा कानुनको नीतिगत सुधार वा परिमार्जनमा राष्ट्रीय राजनीतिक सहमती पहिलो आवश्यकता औल्याए ।

207 पटक हेरिएको 











