जेन जी आन्दोलनः सरकारद्वारा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन


सेवारो खबर  175 पटक हेरिएको

काठमाण्डौं: जेन जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

आइतवार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले पाएका छन्। “आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी हुनुहुन्छ,” बैठकपछि मन्त्री अर्यालले भने।

कानुनमन्त्री अर्यालका अनुसार उक्त जाँचबुझ आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ। @www.bbc.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार