मतदाता नामावली सम्बन्धी अध्यादेश जारी


सेवारो खबर  110 पटक हेरिएको

फोटो :president.gov.npबाट ।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बुधबार अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो अध्यादेश जारी भएसँगै निर्वाचन घोषणा भएपछि पनि उमेर पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउने बाटो खुलेको छ ।

निर्वाचन कानून अनुसार निर्वाचन घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने कानूनी ब्यवस्था भएपछि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाइ सिफारिस गरेको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले नियुक्ति भएकै दिन २७ भदौमा गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गर्नु भएपछि जेन्जी पुस्ताले मताधिकार पाउनु पर्ने माग राखेपछि सरकारले यो अध्यादेश ल्याएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार