
इलाम: आज कातिक २५ गते अर्थात राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औं जन्मजयन्ती किरातजन्य संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै मनाई रहेको छ ।
जयन्तीको अवसरमा आज मंगलबार झापाको कमल गाउँपालिका वडा नम्बर ३ को केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम उद्घाटन हुुने भएको छ । यसै अवरमा माङ्हिम परिसरमा राखिएको महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरण हुनेछ ।
माङहिम उद्घाटन तथा शालिक अनारण अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथाअङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको हस्तबाहुलिबाट हुने किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी गराए ।
यसैगरी झापाकै दमक नगरपालिका वडा नम्बर ६ को किरात युमा माङहिममा पनि अङसीमाङ लिङ्देन तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन जानु हुने कार्यक्रम तया भएको बताइएको छ । यहाँ पनि महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरण गर्नुहुनेछ ।
किरात धर्मावलम्बीले विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाईरहेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाले जन्मजयन्ती मनाउने गरेको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।
नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरु र महागुरु फाल्गुनन्दको शालिकहरुमा जन्मजयन्ती मनाइने जनाइएको छ ।
महागुरुको नेपालमा मात्र नभई भारतको विभिन्न प्रान्त, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहान जयन्ती मनाउने गरिएको छ ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

222 पटक हेरिएको 











