
फिक्कल: सूर्योदय नगरपालिका ११ माघेको भवानी आधारतभूत विद्यालयले सोमबार ६१ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ ।
वार्षिक उत्सवका अवसरमा विद्यालयको समग्र विकासमा सहयोग गर्ने १५ जनालाई सम्मान गरेको छ ।

विद्यालयले सबै भन्दा बढी चन्दादाता प्रमिला लिम्बु सुब्वा, भवानी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लेखनाथ भट्टराई, सूर्योदय नगरपालिका ९ अध्यक्ष देवेन्द्र शर्मा, शिक्षा शाखा प्रमुख योगनिधी भट्टराई, समाजसेवी बेनकुमार बस्नेत, योगमाया भटटराई, श्यामन राई, भक्ति प्रसाद भटराई, राम शंकर मुना अचार्य लगायतलाई विद्यालयले सम्मान पत्र सहित दोसहल्ला ओडाएर सम्मान गरेको जनाइएको छ ।

विद्यायलको काम कारबाहीमा तथा पठनपाठनमा उत्कृष्ठ शिक्षक, अविभावक तथा विद्यार्थीलाई समेत सम्मान गरेको छ । यसमा विद्यालयका शिक्षक विष्णु थामी, अविभावक साहरा राई, राजकुमार राई बालवचत तर्फ उत्कृष्ठ अभिभावक चन्द्रकला राईलाई सम्मान गरिएको छ ।
उत्कृष्ट विद्यार्थी तर्फ कक्षा ५ का आदर्श राई र कक्षा ४ की एडिना राईलाई विद्यालयले सम्मान गरेको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख रणबहादुर राईले पूर्व प्रधानाध्यापक रचना देवान राई तथा वर्तमान प्रधानाध्यापक मिनागुरुङ विद्यालय व्यवस्थापन समिति अभिभावक शिक्षक विद्यार्थीको लगनशिलताले विद्यालय नगरेकै नमुना भएको र कोशी प्रदेशकै उत्कृष्ट हुदै सबैको लागि प्रेरणा भएको भन्दै धन्यवाद दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मान बहादुर राई (सुरेस) को अध्यक्षता भएको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र शर्मा, राष्ट्रिय वाणिज्य बैंक धुलावारी शाखा प्रमुख खगेन्द्र कन्दङवा, कर्फोक माविका सह प्रधानाध्यापक राजु कट्टेल, लेखनाथ भटराई, किशोर परजुली लगयातले शुभकामना मन्तव्य राखे ।
उत्सवका अवसरमा विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

128 पटक हेरिएको 











