इलाम: नेपाली कम्युनिस्ट पार्टीको देशव्यापी एकता सन्देश सभा आज/शुक्रबारदेखि सुरू हुने भएको छ ।
पहिलो दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश सभा हुदैछ । सन्देश सभाको आयोजनाको जिम्मा पार्टीको सुदूरपश्चिम प्रदेश समितिलाई दिइएको जनाइएको छ ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेता र प्रदेश तहका नेताहरूले गर्ने बताइएको छ ।
लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ ।
साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा हुने मंसिर १ गते पार्टी संयोजक पुष्पकलम दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ ।
मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ । गएको कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भई नेपाली कम्युनिस्ट पार्टीको स्थापना भएको हो । यस्तै कात्तिक १९ यता ६ वटा पार्टी तथा त्यसका विद्रोही समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित छन् । भीम रावल, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू पनि नेकपामा एकीकृत भएका छन् ।
प्रेस नोट:


116 पटक हेरिएको 














