
फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा आइतबार निशुल्क कपडा बैंकको स्थापना भएको छ । ‘हुनेले दिने,नहुनेले लिने’ भन्दै सिनियर टीम फिक्कल (STF) को अगुवाइमा कपडा बैंक स्थापना भएको हो ।
कपडा बैंक जाडोयाममा लुगा नभएर चिसोमा बस्न बाध्य असाय तथा आर्थिक अभावमा न्यानो कपडाबाट बन्चित बन्न नपरोस भन्ने उद्देश्यले स्थापना गरिएको हो । बैँकबाट आवस्यक कपडा जोकोहीले लान सक्नेछन् । घरमा प्रयोग नभएका कपडा ल्याएर राख्न वा दान गर्न सक्नेछन् ।
कपडा बैक दैनिक खुला रहने भएकोले आफूलाई आवश्यक परेको कपडा निःशुल्क लान र घरमा धेर भएको कपडा बैंकमा राख्न सकिने सिनियर टिम फिक्कलका सदस्य शरण फागोले बताए ।
राजन प्रधानको संयोजकत्वमा स्थापना गरिएको कपडा बैंकको नगर उपप्रमुख दुर्गाकुमार बरालले उद्घाटन गर्दै बैँक स्थापना भएपछि गारिव असाहाय नागरिकलाई सहज हुने बताए । उनले पवित्र उद्देश्य बोकेर शुरु गरिएको कपडा बैकबाट विपन्न समुदायलाई ठूलो लाभ मिल्ने भन्दै यसको संरक्षण संचालनमा सबै सचेत बनेर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रम संयोजक प्रधानले कपडा बैँकलाई सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्दै दर्ता प्रक्रिया समेत अगाडी बढाएर लाने योजना रहेको जानकारी गराए ।
सेवा नै धर्म हो भन्ने उक्तिलाई सार्थक पार्न सबैसँग समन्वय र सहकार्य गर्दै कपडा बैंक सञ्चालनमा सबैको भूमिका रहने सरोकारवालाको भनाई छ ।
फिक्कलमा कपडा बैंक स्थापना भए संगै कपडा अभावमा चिसोमा बस्न बाध्य असाय गरिव नागरिक तथा बालवालिका बृद्धलाई निक्कै ठूलो राहत मिल्ने सञ्चारकर्मी राजकुमार दहालको भनाई छ ।

97 पटक हेरिएको 











