
देउमाई: इलामको देउमाई नगरपालिकाले ६४ घर परिवारलाई अस्थायी आवास निर्माणको लागि पहिलो किस्ता बापत १६ लाख बितरण गरेको छ । नगरपालिकाले संघीय सरकारबाट अस्प्राथायी आवासका लागि प्राप्त रकण बितरण गरेको हो ।
प्रति परिवार २५ हजारका दरले बाढी पहिरोले घर क्षति भई बिस्थापित परिवारलाई बैंक मार्फत अस्थायी आवास बापतको रकम बितरण गरेको नगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
नगपालिकाले बडा नम्बर २ मा ११ घर, वडा नम्बर ३ का १५ घर, वडा नम्बर ४ ,५ र ६ मा ५-५ घर परिवारलाई अनुदान बितरण गरेको छ । यस्तै अनुदान पाउँनेहरुमा वडा नम्बर ७ का १२, वडा नम्बर ८ का ८, वडा नम्बर ९ का ३ घर परिवार छन् । उनिहरुले आवास निर्माण सम्पन्न पश्चात दोस्रो तथा अन्तिम किस्ता २५ हजार पाउँनेछन् ।
नगरपालिकाले गएको भदौ १८ गतेका बर्षाका कारण बाढी तथा पहिरोले घर क्षति भई विस्थापित ६४ घरपरिवारलाई अस्थायी आवास बापतको रकम बितरण गरेको जनाइएको छ ।
बर्षाका कारण पहिरोमा परी देउमाई नगरपालिकामा ८ जनाको ज्यान गएको थियो । घटनमा एक जना घाइते भएको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ । यस्तै ३८ घरपरिवार बिस्थापित ४० घर पूर्ण रुपमा क्षति र एक सय ११ घरमा आंशिक क्षति भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले हस्ताक्षर गरेको सूचनामा अस्थायी आवास निर्माण सम्पन्न पश्चात आवश्यक कागजात सहित दोस्रो किस्ताका लागि वडामा निवेदन पेस गर्न समेत अनुरोध छ ।
स्थायी घर निर्माणका लागि समेत उनिहरुले छुट्टै अनुदान पाउँने नगरपालिकाले जनाएको छ ।

159 पटक हेरिएको 











