आज अङसीमाङको ७२ नुमाङ्गेन्ना तथा चासोक तङनामको अवसरमा विभिन्न कार्यक्रम हुँदै


सेवारो खबर  84 पटक हेरिएको

इलाम:  इलामको माङ्सेबुङ लारुम्बामा आज मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा कार्यक्रम हँदैछ ।

अङसीमाङको जन्मोत्सवसँगै चासोक तङनाम मनाउने कार्यक्रम रहेको जनाइएको छ ।

नुमाङगेन्ना महासमारोह समुद्घाटन कार्यक्रमसँगै आत्मानन्द साहित्य पुरस्कार वितरण हुने भएको छ । यस वर्ष आत्मानन्द साहित्य पुरस्कार साहित्यकार येहाङ लाओती (धनबहादुर) लाई प्रदान गरिने माङगेन्ना सेवा समितिका सह सचिव ललितचन्द्र फियाकले जानकारी गराए छन् ।

मुहिङगुम अङसीमाङ तथा अङसीमामाङज्यूबाट धन्यवाद आशीर्वचन साथै विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७२ जना माङसेवासाबा, माङसेवासामाबाट किरात साम्जीक मुन्धुम वाचन हुने आयोजक समितिले जनाएको छ ।

अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम सकेपछि बिहिबारनै गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकताको लागि १ लाख ८ दीप प्रजवलन गरिने छ । साँझ सांस्कृतिक विभाग संयोजन किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा बृहत सांस्कृतिक सांगीतिक कार्यक्रम हुने छ ।

शुभजन्मोत्सव वालमिकी क्याम्पस काठमाण्डौं संस्कृत विश्वविद्यालय सह प्राध्यापक भवानी शंकर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चासोक तङनाम महासमारोह तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

यस अघि महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोले १५ गते साक्मुरा वादेम्मा सेवा, १६ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा चासोक सेवा र १७ गते बुधबार विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न भएको छ ।

जन्मोत्सवकै अवसरमा मंसिर १९ गते विहान साहित्यिक कार्यक्रम हुने छ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माङ आशीर्वचन हुने कार्यक्रम छ । यसका साथै मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने छ । साँझ बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत हुने जनाइएको छ ।

१८ औं आत्मानन्द गोल्डकप सिरिजंगा स्पोर्टिङ क्लब मोरङले हात पर्यो

१८ औं आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा स्पोर्टिङ क्लब मोरङले हात पारेको छ ।

अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा उपाधिसँगै नगद ३ लाख ११ हजार १७२ रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको उप विजेता मोरङकै लेटाङ फुटबल क्लब लेटाङले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल हात पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार