राष्ट्रिय मानव अधिकार आयोग २०८२ को सम्मान लिम्बू र पुरस्कार ढुङ्गानालाई प्रदान गर्ने


सेवारो खबर  400 पटक हेरिएको

इलाम: राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवद्र्धनमा योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ ।
आयोगले स्वर्गीय दयाराम परियार स्मृति सम्मान शंकर खापुङ लिम्बू (इलाम) र मानव अधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गाना (अछाम) दिने निर्णय गरेको छ ।

मानव अधिकार सम्मान र पुरस्कारको राशी ५० हजार रुपैयाँसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ । सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को कार्यक्रमका बीच प्रदान गरिने आयोगका प्रवक्ता तथा सहसचिव डाक्टर टीकाराम पोखरेलले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ ।

आयोगका कर्मचारी स्वर्गीय दयाराम परियारको नाममा स्थापित दयाराम परियार स्मृति सम्मान – २०८२, मानव अधिकार विशेषत आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रुपमा कार्यरत लिम्बू (इलाम) लाई प्रदान गरिने भएको जनाइएको छ ।

यसैगरी, दुर्गममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गर्ने पत्रकार मेनुका ढुङ्गाना (अछाम) लाई यस वर्षको मानव अधिकार पुरस्कार– २०८२ प्रदान गरिने बताइएको छ ।

आयोगका माननीय सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसमा आयोगको मिति २०८२ मंसिर १६ गते बसेको वैठकले सो निर्णय गरेको हो ।

प्रेस नोट:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार