
काठमाण्डौ: मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याएकोमा इलामका आदिवासी अधिकारकर्मी अधिवक्ता शंकर लिम्बुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।
आदिवासीको मानव अधिकार सम्बन्धी वकिल समूह लाहुर्निपका उपाध्यक्ष तथा अधिकारकर्मी लिम्बुलाई ७७ औँ मानव अधिकार दिवशका अवसरमा बुधबार आयोग परिसरमा आयोजित बिशेष समारोहमा प्रधानमन्त्री सुशिला कार्कीले पुरस्कार प्रदान गरेको हो ।
आयोगका अध्यक्ष तप बहादुर मगरको अध्यक्षतामा भएको बिशेष समारोहमा अधिवक्ता लिम्बुलाई स्व.दयाराम परियार स्मृति सम्मान प्रदान गरेको जनाएको छ ।
आदिवासी जनजातिको अधिकारका विषयमा लामो समय देखि क्रियाशिल लिम्बुले गरेको योगदानका आधारमा नगद राशी ५० हजार रुपैँयासहितको पुरस्कार प्रदान गरिएको हो ।
अधिवक्ता लिम्बु आदिवासीको भूमि, भूभाग र भूक्षेत्र तथा अन्तराष्ट्रिय कानुनले प्रदान गरेको अधिकारका विषयमा समुदायमा जागरण ल्याउन सक्रिय रहेका छन् ।
साथै अछामकी पत्रकार मेनका ढुंगानालाई मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । दुर्गम क्षेत्र अछाममा रहेर महिला अधिकार तथा मानव अधिकारका क्षेत्रमा निरन्तर कलम चलाउँदै आउँनुभएको ढुंगाना क्रियाशिल पत्रकार हुन ।
पुरस्कार बितरण समारोहमा प्रधानमन्त्री शुशिला कार्कीले सरकारको तर्फबाट मानव अधिकार दिवसको शुभकामना दिनुहुँदै २१ औँ सताब्दीमा मानवअधिकारको दायरा फराकिलो भएकोले बाँच्न पाउँने अधिकारमात्र मानवअधिकार नभई आत्मसम्मानका साथ बाँच्न पाउँनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउँनु, स्वच्छ बातावरणमा रमाउँन पाउँनु, र डिजिटल विश्वसंग समान र स्वच्छ पहुँच पाउँनु भएको धारणा राखे ।
उनले जेन्जीले मानवअधिकारलाई कानुनी ग्रन्थमा सिमित नराखेर व्यावहारिक नतिजासंग जोडेर हेर्ने गरेको उल्लेख गरे ।
सामाजिक संञ्जालमार्फत गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर पक्ष भएकोले यसलाई सम्मान गर्नु पर्ने उनको धारणा थियो । सो अवसरमा उनले सरकारले भ्रष्ट्रचार नियन्त्रणका लागि कठोर कदमहरु चाल्ने प्रतिवद्धता व्यक्त गरे ।
मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर थापामगरले कार्यक्रममा बोल्दै धिकार र दायित्वले समुचित प्रयोग र परिपालानाबाट मात्र मानव अधिकारमैत्री समाजको निमार्ण हुने भनाई राखे ।
उनले संयुक्त राष्ट्र संघको सदस्य रहेको नातले नेपाल मानव अधिकारसम्बन्धी विभिन्न महसन्धीहरुको पक्ष राष्ट्रसमते भएको हुँदा हाम्रो मुलुकसंग मानव अधिकारको सम्मान, संरक्षण र परिपुर्तिसम्बन्धी दायित्व पुरागर्ने अविभारा रहको बताए ।
राष्ट्रले यी दायित्वहरु पुरा गरे नगरेको सम्बन्धमा निगरानी र खबरदारी गर्ने र दायित्व वहन गराउन र उत्तरदायी बनाउने जिम्मेवारी राष्ट्रिय मानवअधिकार आयोगले गरिरहेको बताउनुभयो । अध्यक्ष थापाले निर्वाचन नजिकिरहेको सन्र्दभमा विदेशमा रहेका नेपालीहरुको मतअधिकार सुनिश्चित गर्न समेत ध्यानकर्षण गराए छ ।
यस वर्ष मानव अधिकार हामी सबैको अपरिहार्य आधार भन्ने मुलनारा रहेको छ । सन १९४८ डिसेम्बर १० मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको ७७ औँ वर्ष पुगेको अवसरमा मानव अधिकार दिवस विश्वभर मनाईरहेको छ । @indigenousvoice बाट ।

201 पटक हेरिएको 











