
इलाम: लैङ्गक हिंसा विरुद्दको १६ दिने अन्तरास्ट्रिय अभियान समापन तथा ७७ औ विश्व मानव अधिकार दिवस बुधबार इलाममा मनाइएको छ ।
दिवसका अवसरमा मानव अधिकार मन्च नेपाल इलामको आयोजना गैरसरकारी संस्था महासंघको सहाकार्यमा जिल्लाको मानव अधिकारो स्थिति विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष गणेश बरालले भयरहित शान्तिपूर्ण वातावरणमा काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले हामी सबैले भेदभावरहित जीवनयापन गर्न र मानव अधिकार सहित बाँच्ने वातावरण सिर्जना गर्न तर्फ लाग्न आवश्यक रहेको बताए ।
नेपाली काङ्ग्रेसका जिल्ला सचिव निरोज खड्गीले जिल्लालाई संकटग्रस्त क्षेत्रले पाउँनुपर्ने सेवासुविधा सरकारले उपलब्ध गराउँनु पर्ने बताए । उनले पछिल्लो समय इलाममा लागुपर्दार्थमा युवा धेरै फसिसकेको र यसतर्फ ध्यान दिन जरुरी रहेको औल्याए ।
जिल्ला न्यायाधीश श्यामकुमार विश्वकर्माले न्यायको क्षेत्रमा ज्ञान, चेत र सिपले भ्याएसम्म मानव अधिकारसम्मत नागरिकका लागि काम गर्ने प्रतिबलद्वता व्यक्त गरे ।
मानव अधिकार मन्च इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत टिकाराम निरौला, उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण पौडेल, ट्याक्सी व्यवसायी संघका गृष्म सुब्बा, प्याबसन इलामका अध्यक्ष नुनुमा राई, जिल्ला अस्पताल इलामकी एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख सबिना श्रेष्ठ, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाई, दिपा आचार्य, एलबी लुङ्गेली लगायतले जिल्लाको मानव अधिकारका विषयमा बोलेका थिए ।
कार्यक्रमले उद्देश्यका विषयमा मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले प्रष्ट पारेको कार्यक्रम मानव अधिकार शान्ति पुरस्कार सूर्योदयकी अनिता श्रेष्ठलाई प्रदान गरेको थियो ।

67 पटक हेरिएको 











