सूर्योदयको ७ र ९ वडा पोषणमैत्री बन्यो


सेवारो खबर  87 पटक हेरिएको

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले शनिबार एक कार्यक्रम गर्दै दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरेको छ ।

नगरपालिकाले वडा नम्बर ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरेको जनाएको छ  ।

घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राई वडा न ७ मा वडाअध्यक्ष एलबि चाम्लिङ वडा न ९ को अध्यक्ष देवेन्द्र शर्मा, जनप्रतिविधि स्थानीय नारिकको उपस्थीति रहेको थियो ।

पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि,२०८० अनुसार पोषणमैत्री वडा घोषणा भएको नगरपालिकाको स्वाथ्य शाखाले जनाएको छ ।

२०७८ देखिको प्रयास पछि ०८२ मंसिर २७ शनिबार पोषण मैत्री घोषणा भएको नगरप्रमुख रणबहादुर राईले जनाएका छन् । उनका अनुसार पोषण मैत्री घोषणा गर्न चार बर्षमा पटक-पटकको छलफलबाट निस्केका समस्याहरुको समाधान गरिएको छ । पोषण सम्वन्धी प्रोफाइल निर्माण गरी त्यही अनुसार कार्य सम्पन्न भएको छ ।

पोषणमैत्री बनाउँन कार्यविधी अनुसार ४९ सूचकहरु पुरा गरी घोषणाको चरणमा पुगेको अनुगमन र सिफारिस गर्ने निकाय जिल्ला समन्वय समितिले जनाएको छ ।

पुड्कोपन, ख्याउटेपन, कमतौलको अवस्था बुझ्न प्रत्येक महिना प्रत्येक घरधुरीमा पुगी निश्चित उमेर समूहको नापतौल लिइएको छ । गर्भवस्थाको जाँच र सुत्केरीपछिको परीक्षणमा सुघारसँगै घोषणाको चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

खुला दिसा मुक्त क्षेत्र घोषणा भएको जिल्ला भएता पनि वडा नम्वर-७ र ९ मा ३३ भन्दा बढी घरहरुमा व्यवस्थित शौचालयको निर्माण गरेर १६ भन्दा बढी घरधुरीमा खानेपानीको पहुँच पुर्याउने काम समेत भएको नगर प्रमुख रणबहादुर राईले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार