संकटग्रस्त इलाम जिल्लामा यथा शिघ्र पुन निर्माण थाल्न व्यवसायीहरुको माग


सेवारो खबर  68 पटक हेरिएको

इलाम : संकटग्रस्त इलाममा यथा शिघ्र पुन निर्माण थाल्न जिल्लाका व्यवसायीहरुले माग गरेका छन् । उनिहरुले सोमबार एक विज्ञप्ती मार्फत कागजमा मात्र नभई भौतिक रुपमा पुन निर्माण प्रकृया शुरु गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको जनाएका छन् ।

गैर सरकारी संस्था महासंघ, ईलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ इलाम, होटल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, पूर्वेली जीप तथा ट्याक्सी व्यवसायी संघ, पर्यटन प्रवर्धन सरोकार समितीले  वर्षायाम अगावै सडक तथा पुल पुनर्निर्माण सुरु नगरे इलाम सदरमुकाम, पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क विच्छेद हुने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘गएको असोज १८ र १९ गते आएको प्राकृतिक प्रकोपपछि इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा भएपछि सडक तथा पुलको पुनर्निर्माण, मर्मत र स्तरोन्नतिका लागि प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन हुने अपेक्षा गरिए पनि हालसम्म मुख्य तथा सहायक सडकहरू जिर्ण अवस्थामा रहेका छन् ।’

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार