दिगो सडक सञ्चानलका लागि ३ दिन भित्र ठोस कदम चाल्न सरकारसँग सचेत इलामेली नागरिकको माग


याम माबोहाङ लिम्बू  166 पटक हेरिएको

 इलाम : सचेत इलामेली नगारिकले जिल्लामा दिगो सडक सञ्चालनका लागि यथासिघ्र पुन निर्माण थाल्नु पर्ने माग गरेका छन् ।

तीन महिनालाई संकटग्रस्त घोषणा भएको जिल्लामा अहिलेसम्ममा कुनै पनि प्रकारको पुन निर्माण शुरु नभएकोले आन्दोलन गर्नुपर्ने दबाव समुहका संयोजक इश्वर चिपालुले बताए  ।

सचेत इलामेली नगरिक नागरिकका तर्फबाट बुधबार पुननिर्माण यथासिघ्र थाल्न दबाब दिन मेचि राजमार्गको जिरो किलोमिटरमा एक घण्टा चक्का जाम गरे ।

उनिहरुले गएको असोज १८ र १९ गते प्राकृतिक प्रकोप पश्चात संकटग्रस्त इलाम जिल्लामा मेचि राजमार्ग तथा बैकल्पिक राजमार्ग पुननिर्माण तथा स्तर उन्नतिको लागि ३ दिन भित्रमा सरकारका तर्फबाट ठोस कदम चाल्न र आम जनमानसमा तत्काल प्रभाव पार्ने कार्य प्राराम्भ गर्न माग गरेका छन् ।

स्थानीय इश्वर चिपालुको सचेत इलामेली नगरिक नागरिकले बुधबारनै सडक डिभिजन कार्यालय इलाम एक घण्टा तालबन्दी तथा घराउ गरिहरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा मार्फत प्रधानम्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँने कार्यक्रम रहेको छ ।

१८ र १९ गते ३९ जनाको मृत्यु हुनेगरी विपद् घटना भएपछि असोज २३ मा संघीय सरकारले इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गर्‍यो । तर, यो घोषणाअनुसारको अवधि सकिन २१ दिन बाँकी रहँदा देशका ७७ जिल्लामध्येको एक्लो ‘संकटग्रस्त’ इलामलाई पुनर्निर्माणका लागि बजेट र कार्यक्रम आएको छैन ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेकी सिडिओ सुनिता नेपालले अहिलेसम्म संघीय सरकारबाट इलामलाई बजेट र योजनाको सुनिश्चितता भएको खबर नआएको बताइन् । ‘जिल्ला विपद् व्यवस्थापन समिति र विषयगत कार्यालयहरूले आवश्यक पुनर्निर्माणको कार्यक्रम आफ्ना विभागीय मन्त्रालयमा पठाइसकेका छन्,’ उनले सोमबार भनिन्, ‘प्रक्रियामै रहेर होला, अहिलेसम्म कुनै बजेट र योजना सुनिश्चित भएको खबर हामीलाई चाहिँ आएको छैन ।’

उनका अनुसार बाढी–पहिरोले क्षतिग्रस्त ४ सय घरको विवरण पठाएकामध्ये ३ सय ८० लाई अस्थायी आवासका लागि पहिलो चरणको रकम आएको छ । २० अस्थायी आवास विभिन्न संघ–संस्थाले बनाइदिएका छन् । संघीय सरकारबाट अस्थायी आवासका लागि प्रतिघर ५० हजार रुपैयाँ आउनेमा पहिलो चरणको आधा रकम (२५ हजार) आएको हो । पहिलो चरणको रकम सम्बन्धित पालिकामै आएकामा कतिपय पालिकाले वितरण गर्न सकेका छैनन् । कतिपय पीडितको नाम र विवरणलगायत नमिलेको भन्दै पालिकाले अस्थायी आवासको रकम वितरण गर्न नसकेको पीडितको गुनासो छ ।

विपद्मा इलाममा सबैभन्दा बढी सडक क्षति भएको विवरण छ । इलामस्थित सडक डिभिजनले सडक पुनर्निर्माणका लागि करिब ७ अर्ब रुपैयाँको योजना संघीय सरकारको सडक विभागमा पठाएकामा ‘फाइल नै फिर्ता भएको’ स्रोतले जनाएको छ । ‘निर्वाचन सम्मुखमै आएको’ भन्दै मन्त्रालयले ठूलो बजेटको योजना सञ्चालन गर्न नसकिने भएकाले फाइल परिवर्तन गर्न लगाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार