इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन सिलन्यास


सेवारो खबर  113 पटक हेरिएको

इलाम: इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन बुधबार सिलन्यास भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ जनक चौकको परिसरमा गुरुपूजा सहित भवन सिलान्यास गरिएको हो ।

भवनको सिलन्यास इलाम नगरपालिका उप-प्रमुख विष्णु कुमारी लिम्बू दाहाल र संस्थाकी केन्द्रिय संयोजक देवीका शाहज्यूले गर्नु भएको जनाइएको छ ।

आर्ट अफ लिभिङ इलामको संयोजक जस बहादुर राईको अध्यक्षतामा भएको सिलन्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्का, वडा नम्बर ८ अध्यक्ष ७ का नरेश श्रेष्ठ, ६ का मदन श्रेष्ठ, ८ का दलमान तामाङ र ९ का कार्यबाहक अध्यक्ष चुडामणि दाहालको उपस्थीति रहेको थियो ।

कार्यक्रममा आर्ट अफ लिभिङकी सिनियर प्रशिक्षक दमयन्ती रायमाझी, प्रशिक्षक श्रीजना यता, मुना गदाल असिम दियाली, इन्जिनियर मधुसूदन श्रेष्ठ र पत्रकार राजेश पराजुलीको समेतको सभागिता थियो ।

द आर्ट अफ लिभिङ नेपाल जिल्ला समन्वय समिति गठन

द आर्ट अफ लिभिङ नेपाल, इलामको ५ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको छ ।

तनाबमुक्त मन, रोगमुक्त शरीर, हिंसामुक्त समाज बनाउने प्रमुख उद्देश्यले समन्वय समिति गठन भएको प्रकाश परियारले जनाकारी गराए ।

समितिको संयोजकमा जसबहादुर राई, सदस्य प्रकाश परियार, माइप्रसाद श्रेष्ठ, अस्ना श्रेष्ठ र वविता बैद्य रहनु भएको छ ।

समितिलाइ केन्द्रिय संयोजक देवीका शाहज्यूले खदा र संस्थाको फाउण्डर गुरुदेव श्रीश्री रवि शंकरज्यूको तस्बिर हस्तान्तरण गरेर औपचारिक घोषणा गरिन् ।

कार्यक्रममा बाल संस्कारको सहकर्ता सृजना यता, मुना गदाल, रन्जना जोसी, ज्योति श्रेष्ठ, प्रकाश परियार र प्रतिभा भट्टराईलाई म्यानुअल समेत वितरण गरिएको थियो ।

योग, ध्यान, श्वासप्रश्वास प्रविधि (सुदर्शन क्रिया) मार्फत तनावमुक्त, सुखी र मानवीय मूल्यमा आधारित समाज निर्माण गर्ने लक्ष्य राख्ने संस्था नेपालको ४० वटा भन्दा धेरै जिल्ला क्रियाशिल रहेको छ भने १ सय ८० वटा बढी राष्ट्रहरुमा यस संस्थाले कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

गैरनाफामुलक, गैरसरकारी र स्वयंसेवकमा आधारित यो संस्थाले तनावमुक्त र सुखी समाज निर्माण, व्यक्तिगत रूपान्तरण र सामूहिक शान्ति प्रवर्द्धन र मानवीय मूल्य र एक विश्व परिवारको दृष्टिकोण फैलाउने काम गर्दै आएको छ ।

संस्थाले इलाममा एक दशक अघि देखि सुदर्शन क्रिया श्वासप्रश्वास प्रविधि, योग, ध्यान, तनाव व्यवस्थापन, गहिरो ध्यान अभ्यास, शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि योग अभ्यास, युवालाई नेतृत्व, सामाजिक सेवा र जिम्मेवारीमा प्रशिक्षित गर्ने, कार्यस्थलमा तनाव व्यवस्थापन र उत्पादकता वृद्धि, गहिरो ध्यान र आत्म–अनुभूति, स्वयंसेवकलाई सामाजिक सेवा र कार्यक्रम सञ्चालनमा दक्ष बनाउने, प्रशिक्षक तयार गर्ने कार्यक्रम र सामाज सेवा एवं प्रकोपको बेला पीडितलाई उद्दार र राहत वितरण गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार